बर्दियाको बढैयातालमा प्रथम आमन्त्रित कप फूटवल प्रतिस्पर्धा शुरु
दलबहादुर सुनार, मंसिर २४, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयातालमा प्रथम आमन्त्रित क्लब स्तरीय खुल्ला फुटबल प्रतियोगिताको बुधवार शुभारम्भ भएको छ । राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराका साथ नेपाल खेलकुद महासङ्घ बर्दिया र मयुर युवा क्लबको संयुक्त आयोजनामा प्रतियोगिता शुरु भएको छ ।
युवाहरूलाई खेलकुदमा प्रोत्साहित गर्ने उद्देश्यले मङ्सिर २४ गतेदेखि पौष ४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । एन्टीभाईरस युवा क्लब बारबर्दिया र नव युवा मैत्रीभाव एकता समाज गेरुवा बीच खेल शुभारम्भगर्दै मयुर युवा क्लबको खेलमैदान बढैयाताल ८ स्थित नयाँ बस्तीमा प्रतियोगिताको उद्घाटन भएको हो ।
उद्घाटन खेलमा एन्टीभाइरसले नवयुवामैत्री गेरुवालाई एक गोलको विरुद्ध दुई गोलगर्दै खेलको विजेता बनेको छ । उद्घाटन खेलका प्रमुख अतिथि प्रेमराज त्रिपाठीले मुख्य रेफ्री देवनारायण दाहाललाई फुटबल हस्तान्तरण गरी खेलको उद्घाटन भएको हो । खेलमा बर्दिया जिल्ला फुटबल सङ्घ, कालिका युवा क्लब, युवा गोचाली क्लबको समन्वय र शाहञ्ज कन्ट्रक्सन गुलरिया मुख्य प्रायोजक र गुरुदेव मेसनरी सहप्रायोजक रहेका छन् ।
बर्दिया जिल्लाका १२ वटा क्लबले सहभागिता जनाएको उक्त प्रतियोगितामा विजेता हुनेलाई नगद रु ५१ हजार १११ र उपविजेता हुनेलाई २७ हजार ७७७ रुपैया नगद सहित शिल्ड र प्रमाणपत्रको व्यवस्था रहेको नेपाल खेलकुद महासङ्घ बर्दियाका अध्यक्ष कृष्णबहादुर बि.क.ले जानकारी दिनुभयो ।
२० °C काठमाडौं
Facebook Comments