• १८ वैशाख २०८३, शुक्रवार
  • २० °C काठमाडौं
बागेश्वरी बोर्डिङ्ग स्कुलद्वारा कोटही मावि ३२ रनले पराजित

मुरली गोडिया, मंसिर २३, गुलरिया (बर्दिया) । बर्दिया स्कुल कप क्रिकेट २०८२ प्रतियोगिताको मंगलबार भएको खेलमा बागेश्वरी सेकेन्डरी बोर्डिङ स्कुल गुलरिया विजय भएको छ । जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा मङ्सिर २१ गते  देखी शूरु भएको खेलमा बागेश्वरी सेकेन्डरी बोर्डिङ स्कुल गुलरियाले कोटही माध्यमिक विद्यालय गुलरियालाई ३२ रनले पराजित गरेको छ । 

टस जितेर पहिलो ब्याटिङ गरेको बागेश्वरी सेकेन्डरी बोर्डिङ स्कुल गुलरियाले निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिगर्दै १ सय १९ रन बनाउन सफल भएको थियो । दोस्रो इनिङमा १ सय २० रनको लक्ष्य लिएर आएको कोटही माविले १३ दशमलव ५ ओभरमा १० विकेटको क्षतिमा ८६ रन मात्र बनाउन सक्यो । आजको खेलमा बागेश्वरी सेकेन्डरी बोर्डिङ स्कुलका सोवित पण्डित म्याद म्याच, स्टाइकर तथा क्याच अफ दी म्याच घोषित भएका छन । 

प्रतियोगिता मङ्सिर २१ गते देखि २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा बर्दिया जिल्ला भरिका १० वटा विद्यालयहरूको सहभागिता रहेको स्वर्गीय कृष्ण कृष्णप्रसाद बस्याल (राकेश) कप क्रिकेट प्रतियोगिता आयोजक समितिका संयोजक सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो । बुधबार पहिलो खेल शम्भुशरण मावि र बंगलामुखि मावि बीच हुने छ । त्यस्तै दोस्रो खेल गौरी शंकर मावि र बागेश्वरी बोर्डिङ्ग बीच हुने आयोजकले जनाएको छ । खेलको सुरुवात बिहान ९ बजे देखि हुने बताईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments