राजापुरमा ब्लड वैंकको लागि ६३ पिन्ट रक्त संकलन
केशव कोईराला, मंसिर १२, राजापुर (बर्दिया) । युनिक नेपाल बर्दियाको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समूहको समन्वयमा बिहिवार राजापुरमा आयोजित रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको छ । राजापुर ब्लड बैंकलाई उपलब्ध गराउने उद्देश्यले रगत संकलन गरिएको छ ।
रक्त संकलन कार्यक्रमको शुभारम्भमा बोल्दै राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारूले आवश्यक समयमा रगत अभाव भएर नेपालगन्ज तथा काठमाडौंसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्न स्थानीयवासीलाई नियमित रक्तदानमा सहभागी हुन आग्रह गर्नुभयो । राजापुरमा ब्लड बैंक स्थापना भइसकेकाले अब यसको प्रभावकारी सञ्चालनका लागि पर्याप्त मात्रामा रगत संकलन हुनु अत्यावश्यक रहेको उहाँले बताउनुभयो ।
“हामीले ब्लड बैंक खोलेका छौँ, अब सामुदायिक सहयोगबिना यसको प्रभावकारीता देखिँदैन । नगरप्रमुख थारुले थप्नुभयो, प्रत्येक स्वस्थ नागरिकले रक्तदान गरेर जीवन बचाउन सहयोग पु¥याउन आवश्यक छ,” । संकलित रगत राजापुर ब्लड बैंकलाई उपलब्ध गराईएको र नियमित रक्तदान अभियानलाई तत् उप्रान्त निरन्तर सञ्चालन गरिने आयोजकहरूले बताएका छन् ।
युनिक नेपाल बर्दियाका अध्यक्ष प्रेमबहादुर थारूको अध्यक्षतामा आयोजित कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष कृष्णकुमार रेग्मी, नेपाल स्वयंसेवी रक्तदाता समूह राजापुरका पदाधिकारी, स्वास्थ्यकर्मी तथा रक्तदाताहरूको सहभागीता थियो ।
२० °C काठमाडौं
Facebook Comments