• १३ असार २०८३, शनिवार
  • २३ °C काठमाडौं
बर्दियामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको तयारी तिब्र 

केशव कोईराला, मंसिर ६, बर्दिया । लैङ्गिक हिंसा विरुद्ध हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउन पालिकाहरुमा तिव्र तयारी गरिएको छ । गुलरिया, राजापुर लगायत विभिन्न पालिकाहरुले अभियान मनाउन सरोकारवाला संघसंस्था विच छलफलसहित विभिन्न निर्णयहरु समेत गरेका छन् ।  

गुलरिया नगरपालिकामा उपप्रमुख सावित्रा गौतम तथा राजापुर नगरपालिकामा उपप्रमुख मनकला कुमारी चौधरीको संयोजकत्वमा समन्वय बैठकवसी अभियान मनाउने तयारी गरिएको बताईएको छ । गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले नगरभित्र १६ दिन सम्म विविध कार्यक्रम गरी अभियान सफल बनाउने निर्णय गरिएको बताउनु भयो । मंसिर ९ देखि २४ गते सम्म हुने अभियानको शुभारम्भ प्रभातफेरीगर्दै गरिने जनाईएको छ । 

वैठकमा बोल्दै गुलरियाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले सबैमिलि अभियान सफल बनाउन आब्हान गर्नुभयो । त्यस्तै राजापुर नगरपालिकाको बैठकमा नगरपालिका प्रमुख प्रशासनिक अधिकृत दशरथ बुढा, लेखा प्रमुख वसन्त मल्ल, साझेदार संस्थाका प्रतिनिधि, विषयगत शाखा प्रमुख तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । बैठकमा बोल्दै उपप्रमुख चौधरीले लैङ्गिक हिंसा विरुद्धको जनचेतना टोल–बस्तीको सतही तहसम्म पु¥याउन सबै निकायको सक्रिय भूमिका आवश्यक पर्ने बताउनुभयो । 

अभियानलाई प्रभावकारी बनाउन १० वटै वडामा सडक नाटक तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने र सरोकारवालाहरू सहभागी हुनेगरी समिति गठन गर्ने निर्णय समन्वय बैठकले गरेको छ । राजापुर नगरपालिकाले अभियानलाई समुदायस्तरमा पहुँच हुनेगरी सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । बर्दियाका सबै पालिकाहरुमा अभियान मनाउन विविध कार्यक्रम गरिने निर्णयहरु भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाको लैंगिक हिंसा विरुद्धको संचालले पनि अभियानका अवसरमा सचेतना मूलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments