• १३ असार २०८३, शनिवार
  • २३ °C काठमाडौं
राजापुर विद्युत वितरण केन्द्रमा नयाँ कार्यालय प्रमुख 

केशव कोईराला, मंसिर ०३, राजापुर (बर्दिया) । नेपाल विद्युत प्राधिकरण राजापुर वितरण केन्द्रका नयाँ कार्यालय प्रमुख युवराज रावतले सेवाग्राहीलाई छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ ।

दाङको लमही वितरण केन्द्रबाट सरुवा भई राजापुर आउनु भएका रावतले बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सेवा प्रवाहलाई चुस्त बनाउन मातहतका कर्मचारीलाईस्पष्ट निर्देशन दिएको जानकारी दिनुभयो ।


विद्युत अवरुद्ध हुनुपर्ने अवस्थाहरूको पूर्वसूचना नियमित रूपमा सार्वजनिक गर्दै आइरहेको र आकस्मिक समस्या उत्पन्न भएमा उपभोक्ताहरूबाट धैर्यता र सहयोगको अपेक्षा गरिएको उहाँको भनाइ छ ।  

उहाँले विद्युत व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी र जनमैत्री बनाउने आफ्नो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा पत्रकार तथा वितरण केन्द्रका पदाधिकारीहरूको उपस्थिति थियो ।

सम्बन्धित समाचार

Facebook Comments