• १८ वैशाख २०८३, शुक्रवार
  • २२ °C काठमाडौं
अमरज्योतिलाई हराउँदै जयकालिका फाईनलमा

दल बहादुर सुनार, बढैयाताल । जयकालिका माध्यमिक विद्यालय प्रथम यू १८ मयुर कप फूटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । अमरज्योति माविलाई ० का बिरुद्ध ३ गोलले पराजीतगर्दै जयकालिका फाइनलमा पुगेको छ ।

प्रतिस्पर्धात्मक रुपमा भएको प्रतिस्पर्धामा प्रहिलो हाफ सम्म दुबै पक्षबाट गोल रहित भएको खेलको  दोस्रो हाफमा जयकालिका माविका जर्सी नम्बर १० का खेलाडी सुशान्त मगरले पहिलो र दोस्रो गोल गरेका थिए । जर्सी नं. ९ का दिपसन रानाले खेलको अन्तिममा १ गोल थप गरि जयकालिकालाई जिताउन सफल भए । प्रतिस्पर्धी अमर ज्योतिले कुनैपनि गोल नगरी बाहिरियो ।   


सेमिफाइनलको दोस्रो खेल दिप ज्योति माध्यमिक बिद्यालय डाफे र बर्दिया एकेडेमी बिच भएको क्लबका कोषाध्यक्ष शैलेन्द्र मल्लले चुरेकुञ्जलाई जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

Facebook Comments