सिमाक्षेत्रमा अवैध गतिबिधि रोक्न नेपाल–भारत दुबै देशका सुरक्षाकर्मीले कडाइ गर्ने
दलबहादुर सुनार, ३० कार्तिक, बढैयाताल (बर्दिया) । सिमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोकथाम गर्न नेपाल–भारत द्विदेशीय सिमा सुरक्षाकर्मी बिच कडाइ गर्ने सहमित भएको छ । सीमा क्षेत्रमा बढ्दै गएका अवैध गतिविधी नियन्त्रणका लागि भारतीय एसएसबी र कण्ठपुर सिमासुरक्षा गुल्मबीच शनिवार भद्र सहमति भएको हो ।
सिमासुरक्षा गुल्म कण्ठपुरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र कुमार गौलीका अनुसार सिमा सुरक्षा सहजिकरण समितिका संयोजक तथा बढैयाताल–८ का वडाध्यक्ष तेजनाथ पौडेलको विशेष उपस्थितिमा दुबै देशका सुरक्षा निकायले संयुक्त रूपमा सीमा क्षेत्रको अवलोकन तथा ६६५ नम्बर पिल्लर आसपासको क्षेत्रमा सफाइ कार्यक्रम सञ्चालन गरिएको छ ।
भारतको बलैगाउँस्थित सीमा सुरक्षा एस.एस.बी पोस्टका प्रमुख तिलकराजको कमाण्डमा पोष्टका सुरक्षाकर्मि र नेपालतर्फबाट सशस्त्र प्रहरी नायब उपरीक्षक गौलीको कमाण्डमा सशस्त्र प्रहरीको सहभागिता रहेको थियो । गौलीका अनुसार, “दुवै देशका सुरक्षाकर्मीबीच समन्वय बढाउँदै सीमा क्षेत्रमा हुने कुनै पनि अवैध गतिविधि रोकथाम गर्नु गुल्मको नियमित कार्यक्रम भित्र पर्छ । सोही अभियानअन्तर्गतसंयुक्त सरसफाइ तथा अनुगमन गरिएको हो,” ।
बढैयाताल–८ का वडाध्यक्ष तेजनाथ पौडेलले सीमा क्षेत्रमा देखिएका चुनौतीबारे भारतीय सुरक्षा पोस्टका प्रमुख तिलकराजलाई अवगत गराउँदै पछिल्लो समय लागुऔषध तस्करीका घटना वृद्धि हुँदै गएको बताउँदै रोकथाममा दुबै देशका सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो । भारतमा १० मिलिग्राम सम्म ब्राउन सुगर बोक्न छुट भएको प्रावधानले नेपालतर्फ असर परेको बताउँदै बलैगाउँ क्षेत्रमा त्यस्तो छुट रोक्न अनुरोध गर्नु भयो । भारतीय एस.एस.बी पोस्ट प्रमुख तिलकराजले लागुऔषध तथा सीमा सुरक्षामा समन्वय गर्दै सीमामा कडाइ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
१८ °C काठमाडौं
Facebook Comments