बाँसगढीमा शैक्षिक सामाग्री प्रर्दशनीसँगै पढाई मेला
विन्दु चौधरी, २७ कार्तिक, बाँसगढी (बर्दिया) । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ९, थुमनीमा वडा स्तरिय शैक्षिक सामाग्री प्रदर्शनी तथा पढाई मेला प्रतियोगिता गरिएको छ । बालकल्याण प्राथमिक विद्यालय थुमनीको आयोजनामा उक्त कार्यक्रममा तीन विधामा प्रतियोगिता संचालन गरिएको हो ।
शैक्षिक सामाग्री प्रदर्शनी प्रतियोगितमा विश्वज्योती आधारभुत विद्यालय कुनैठी प्रथम, बालकल्याण प्रावि थुमनी दोस्रो र गोल्डेन चिसापानी एकेडेमी माछागढ तृतिय स्थान हासिल गरेका छन् । त्यस्तै नेपाली पढाइ प्रतियोगितामा विश्वज्योती आधारभुत विद्यालयकी आरुषि परियार प्रथम, लालिगुराँस माविकी तुलसी बुढा दोस्रो र बबई इङगलिस बोर्डिङ स्कुलकी मन्जु रोकाया तृतिय घोषित हुनुभएको छ ।
अंगे्रजी पढने प्रतियोगिता अन्तरर्गत बबई इङगलिस बोर्डिङ स्कुलका सिरिष थारु, गोल्डेन चिसापानी एकेडेमीका प्रोशिस चन्द द्वितिय र लालिगुराँस माविका गौरव थारु तृतिय स्थान ल्याउन सफल भएको बालकल्याण प्रावि थुमनीका प्रधानाध्यापक करिंङ्ग बुढाले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानिय स्तरका सिंगारु नाच लगाएतका साँस्कृतिक मनोरंजन गराइएको थियो । शैक्षिक सामाग्री प्रदर्शनी प्रतियोगितमा उत्कृष्ट हुने विद्यालयलाई क्रमश दुई हजार, एक हजार पाँच सय र एक हजार रुपैया नगद सहित प्रमाणपत्र र मेडल वितरण गरिएको प्रधानाध्यापक बुढाले जानकारी दिनुभयो ।
बालकल्याण प्रावि थुमनीका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुरविर विकको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरउपप्रमुख इन्द्रिरा चौधरी, शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मी, वार्ड नम्बर ९ का वडाअध्यक्ष चन्द्रबहादुर शाही, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र अभिभावकहरुको सक्रिय सहभागिता रहेको थियो ।
१६ °C काठमाडौं
Facebook Comments