• २ पुष २०८२, बुधवार
  • १६ °C काठमाडौं
अमर शहिद बहुमुखी क्याम्पसको भवन शिलान्यास

केशव कोईराला, २६ कार्तिक, राजापुर (बर्दिया) । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले अमर सहिद बहुमुखी क्याम्पस, राजापुरमा निर्माण हुन लागेको नयाँ शिक्षालय भवनको विशेष समारोहका बीच शिलान्यास गर्नु भएको छ ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वैद्यनाथ झा, क्याम्पस प्रमुख अनिलदत्त चौधरी, प्राध्यापकहरू तथा स्थानीय राजनीतिक दलका प्रतिनिधि एवं  विद्यार्थीहरूको सहभागितामा भवन शिलान्यास गरिएको छ । 
शिलान्यास कार्यक्रममा मन्त्री तिमिल्सिनाले शिक्षालाई दिगो विकासको आधारका रूपमा लिँदै प्रदेश सरकारले ग्रामीण क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा पहुँच पु¥याउने प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।

क्याम्पसले स्थानीयस्तरमा शिक्षाको विकासमा गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिवद्धता उहाँको छ । क्याम्पस प्रमुख अनिलदत्त चौधरीले भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीहरूका लागि शैक्षिक वातावरण अझ सुलभ र आधुनिक हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार

Facebook Comments