• २ पुष २०८२, बुधवार
  • १७ °C काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी राजापुर नगर समितिको अध्यक्षमा केसी 

केशव कोईराला, २६ कार्तिक, राजापुर(बर्दिया) । राष्ट्रिय स्वतन्त्र पार्टी राजापुर नगर समितिको प्रथम नगर अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । अधिवेशनले इम बहादुर केसीको अध्यक्षतामा नयाँ नगर समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

नवगठित नगर समितिमा रम्भा जिसी उपसभापति, गोबिन्द प्रसाद उपाध्याय सचिव, टेकनाथ पौडेल सह–सचिव सर्वसम्मत चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा तेज प्रकाश नेपाली, अशोक बिष्ट, सुरेश शर्मा, भरत बली, रामनाथ गौतम, लक्ष्मी शाही, खिमादेवी श्रेष्ठ, निरु धर्ती, शान्ती पौडेल र बिष्णा दुङ्गाना रहनु भएको छ ।

अधिवेशनमा वक्ताहरुले स्थानीय तहमा सुशासन, पारदर्शिता र जनमुखी नेतृत्वका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पार्टीका प्रदेश  तथा जिल्ला प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments