एग्रोभेटबाट सरकारी अनुदानको पोटाससँगै विउविजन र विषादी जफत
चुरेकुञ्ज, २४ कार्तिक, गुलरिया (बर्दिया) । बर्दिया सदरमुकाम गुलरिया नगरपालिका बजार क्षेत्रका विभिन्न एग्रोभेटहरुमा सरकारी अनुदानको पोटास बेचेको पाईएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुगमन गरेको छ । टोलीले गुलरिया बजार स्थित विभिन्न एग्रोभेटबाट अनुगमनका क्रममा फेला परेका पोटास, विउविजन लगायत किटनाशक औषधी जफत समेत गरेको छ ।
टोलीले सरकारद्वारा अनुदानीत कृषि कार्यमा प्रयोग गरिने ६४ किलोग्राम पोटास, विभिन्न विउविजन र किटनाशक औषधी गरी २५ हजार १३५ रुपैया मुल्य बराबरको सामाग्री जफत गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकिय अधिकृत तथा बजार निरिक्षण अधिकृत विमल गुरुङले जानकारी दिनुभयो । जफत सामाग्री हामीले नष्ट गर्यौं । आईन्दा गैरकानूनी गतिविधि नगर्न एग्रोभेटहरुलाई सचेत गराएको उहाँले बताउनु भयो ।
बजार निरिक्षण अधिकृतको संयोजनमा घरेलु तथा साना उद्योग, गुलरिया नगरपालिका, नेपाल प्रहरी, उद्योग बाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च, कृषि ज्ञानकेन्द्र, साल्ट ट्रेडिङ कर्पोरेशन लगायतका समितिका प्रतिनिधिसहितको टोलीले गुलरिया बजार क्षेत्रको एग्रोभेटहरु अनुगमन गरेको थियो । अनुगमन कार्यलाई तिव्र बनाउने अधिकृत गुरुङले बताउनु भएको छ ।
१७ °C काठमाडौं
Facebook Comments