• २ पुष २०८२, बुधवार
  • १८ °C काठमाडौं
गुलरिया नगरपालिकामा धान संकलन केन्द्र संचालन 

चुरेकुञ्ज, २३ कार्तिक, गुलरिया (बर्दिया) । नेपाल सरकारले तोकेको सर्मथन मुल्यमा धान खरिद गर्न गुलरिया नगरपालिकामा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको धान संकलन केन्द्र संचालनमा ल्याएको छ । कम्पनीको माग अनुसार गुलरिया नगरकार्यपालिकाको ५८ औं बैठकले नगरपरिसर भित्र धान खरिद केन्द्र संचालन गर्ने निर्णय गरेको थियो । 

नगरपालिकाले धान संकलन केन्द्र स्थापनाका लागि आवस्यक ल्यापटप, प्रिन्टर, टेवुल, कुर्सी त्रिपाल लगायत आवस्यक सामाग्री उपलब्ध गराएको गुलरिया नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६ का वडाअध्यक्ष शुधांसु प्रकाश शर्माले जानकारी दिनु भएको छ । 

संकलन केन्द्र मार्फत ३ हजार क्विन्टल धान खरिद हुने बताईएको छ । त्यस्तै वैठकले ५७ औं वैठकमा भएका निर्णयहरुको समिक्षा समेत गरेको प्रवक्ता शर्माको भनाई छ । गुलरिया नगरपालिकाको नगरभवन प्रांगणमा धान खरिद भैरहेको छ ।

सम्बन्धित समाचार

Facebook Comments