• २ पुष २०८२, बुधवार
  • १८ °C काठमाडौं
खाद्य कम्पनी राजापुरद्वारा धान खरिद शुरु

केशव कोईराला, १९ कार्तिक, बर्दिया । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड, मुख्य शाखा राजापुर बर्दियाले बुधवारदेखि किसानबाट न्यूनतम समर्थन मूल्यमा धान खरिद शुरु गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि तोकेको दररेट अनुसार धान खरिद शुरु गरेको हो ।

कम्पनीका अनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ कायम गरिएको छ । मुख्य शाखा कार्यालय राजापुरका प्रमुख कमलराज पाण्डेले सरकारी मापदण्ड अनुसार धान सफा, स्वस्थ र नकाटिएको हुनुपर्ने बताउनुभयो । गुणस्तर अनुसार वर्गीकृत गरी धान खरिद गरिने भएकाले किसानले सोही मापदण्ड पुरा गरी धान ल्याउन उहाँको आग्रह छ । 

धान बिक्रीका लागि बैंक खाता नम्वर, नागरिकताको प्रतिलिपी सहित किसानले निर्धारित मितिदेखि संस्थानमा धान ल्याउन सक्ने बताईएको छ । किसानलाई उचित मूल्य उपलब्ध गराउने तथा बिचौलियाबाट हुने शोषण नियन्त्रण गर्ने उद्देश्यले सरकारले हरेक वर्ष धानको न्यूनतम समर्थन मूल्य तोकी खरिद गर्दै आएको छ ।

सम्बन्धित समाचार

Facebook Comments