बर्दिया एकेडेमी मयूरकप फूटबलको सेमीफाईनलमा
दल बहादुर सुनार, बढैयाताल । प्रथम यू १८ बढैयाताल बिद्यालय स्तरीय मयुर कप प्रतियोगिताको क्वाटर फाइनलको दोस्रो खेलमा बर्दिया एकेडेमी बिजयी बनेका छ । मयुर युवाको खेलमैदानमा भएको खेलमा जनप्रिय माध्यमिक बिद्यालय फुटाहालाई शून्यका बिरुद्ध १ गोलले हराउँदै बर्दिया एकेडेमी बिजयी बनेको छ ।
क्वाटर फाईनलको जीतसँगै बर्दिया एकेडेमी सेमि फाइनलमा प्रवेश गरेको छ । मुख्य रेफ्री बिबेश गुरुङले उक्त खेल संचालन गर्नु भएको छ । सेमिफाइनलको पहिलो खेल अमर ज्योति माध्यमिक बिद्यालय सितापुर र जयकालिका माध्यमिक बिद्यालय मुनालबस्ती बिच बुधवार हुने आयोजक क्लबका कोषाध्यक्ष शैलेन्द्र मल्लले जानकारी दिनु भएको छ ।
२२ °C काठमाडौं
Facebook Comments