• ३ वैशाख २०८३, बिहिवार
  • २६ °C काठमाडौं
बर्दिया जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगितामा बारबर्दिया नगरपालिका प्रथम

पुरुषोत्तम खनाल, १६, बर्दिया । बर्दियाको गुलरिया स्थित बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा सम्पन्न जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगितामा बारबर्दिया नगरपालिका प्रथम भएको छ । शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको आयोजनामा सम्पन्न प्रतियोगितामा ८ वटै पालिका सहभागी थिए । 

बारबर्दिया नगरपालिकाले १४ अंक प्राप्त गरी प्रथम भएको छ । द्वितिय स्थान हासिल गरेको बढैयाताल गाउँपालिकाले ११ अंक र तृतिय हुन सफल गुलरिया नगरपालिकाले ११ अंक प्राप्त गरेको आयोजकले जनाएको छ । त्यस्तै १० अंक प्राप्त गरी मधुवन नगरपालिका सान्त्वना भएको छ ।

प्रतियोगितामा सहभागी राजापुर नगरपालिकाले ९ अंक, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाले ८÷८ अंक र बाँसगढी नगरपालिकाले ६ अंक प्राप्त गरेको बताईएको छ । बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतीराम शर्माको अध्यक्षतामा गरिएको कार्यक्रमकको जिल्ला समन्वय प्रमुख सूर्य बहादुर विष्ट प्रमुख अतिथी रहनु भएको थियो ।

विशिष्ठ अतिथीमा प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, अतिथीमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सूर्य बहादुर खत्री, सम्पूर्ण पालिकाका संरक्षण शिक्षक लगायतको सहभागीता थियो । यस्ता कार्यक्रमले विद्यार्थीहरुमा बाहिरी ज्ञान बृद्धि हुने प्रमुख अथिती विष्टको भनाई छ । प्रमुख जिल्ला अधिकारी तथा प्रमुख जिल्ला अधिकारीले शुभकामना मन्तब्य दिनु भएको कार्यक्रमको समापन प्रअ शर्माले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments