कालिका सहकारी बढैयातालद्वारा २४ औं साधारण सभामा सम्मानसँगै प्रशिक्षण
दलबहादुर सुनार, ३ कार्तिक, बढैयाताल (बर्दिया) । २४ औं वार्षिक साधारण सभासंगै कालिका बचत तथा ऋण सहकारी संस्था लि. बढैयाताल –८ कण्ठपुरले प्रशिक्षण र सम्मान कार्यक्रम गरेको छ । सहकारीको सभाहलमा शनिवार प्रशिक्षण तथा बिभिन्न बिधामा उत्कृष्ठ तथा ७० वर्ष भन्दा बढी उमेरका ज्येष्ठ सदस्य लाई सम्मान लगाएतका कार्यक्रम गरिएको छ ।
सहकारीका अध्यक्ष मधुसुदन पौडेलको अध्यक्षतामा भएको सभाका प्रमुख अतिथि तथा साना किसान सहकारी संस्था महासंघका केन्द्रीय सदस्य हरिबहादुर अधिकारीले दीप प्रज्वलन र ब्यानर बाचन गरी २४ औं साधारण सभाको उद्घाटन गर्नु भयो । करिव तीन सय भन्दा बढी शेयर सदस्यको उपस्तिथी रहेको सभामा प्रमुख अतिथि अधिकारीले सहकारी ऐन, नियमावली र नीतिगत व्यवस्था लगाएतका बारेमा प्रशिक्षण गर्नु भएको थियो ।
साधारण सभाको अवसरमा ७० वर्ष माथिका चारजना ज्येष्ठ सदस्यहरु राधिका पराजुली, महेश्वर ढकाल, कृष्ण थापा मगर र बालकृष्ण खनाललाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । त्यस्तै, उत्कृष्ट बाल बचतमा संयोग पौडेल, दैनिक बचतमा गुणराज पौडेल र ऐच्छिक बचतमा आशा श्रेष्ठ, उत्कृष्ट ऋणीतर्फ धितोको आधारमा जयराम न्यौपाने र बचत जमानतको आधारमा गीता केसीलाई प्रमाणपत्रद्वारा सम्मानीत गरिएको सहकारीले जनाएको छ ।
कालिका बचत तथा ऋण सहकारी संस्था लि. बढैयाताल –८ को २४ औं वार्षिक साधारणका बिशिष्ठ अतिथ एवं बढैयाताल गाउँपालिका वडा नं.–८ का अध्यक्ष तेजनाथ पौडेलले सभामा शुभकामना मन्तब्यराख्दै भन्नुभयो आर्थिक समृद्धिका लागि सहकारीका सदस्यहरू उद्यमी एंव कुनै एउटा पेशा गर्न आवश्यक छ । “सहकारीका सदस्यको आर्थिक समृद्धि बिना सहकारी स्वयं समृद्ध हुन नसक्ने भन्दै वडाध्यक्ष पौडेलले भन्नु भयो, सहकारीले ऋण लगानी गर्नु अघि परियोजना तयार गर्न सहज वातावरण बनाउनुपर्छ र लगानीपछि अनुगमन गर्नुपर्छ ।”
उहाँले सहकारी सदस्यले ऋण लिँदा तोकेको उद्देश्य अनुसार नै उपयोग गर्नुपर्नेमा जोडदिँदै २४ वर्षअघि स्थानीय नागरिकलाई सहकारीमा जोडेर ‘सहकारीका मालिक’ बनाउने उद्देश्यले स्थापना भएको संस्थाले आर्थिक तथा सामाजिक दुवै क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउनु भयो । शुमकामना मन्तब्यकै क्रममा कार्यक्रमका अतिथि एंव बोडर बिकास बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष टुकराज पौडेलले एउटै उद्देश्य भएका सहकारी बिच एकिकरण हुनु पर्नेमा जोडदिदै कालिका बचत तथा ऋण सहकारी र बोडर बिकास बहुउद्देश्य सहकारी संस्था बिच एकिकरणको प्रकृया चलिरहेको प्रष्ट्याउनु भयो ।
सहकारीमा हाल २ सय ६७ महिला र २ सय ८३ पुरुष गरी ५ सय ५० जना शेयर सदस्य छन् । आर्थिक वर्ष ०८१/८२ सम्म सहकारीको शेयर पुँजी रु १ करोड २९ लाख ४ हजार ६ सय, बचत रु ५ करोड ७४ लाख १२ हजार ९५८ र ऋण लगानी रु ७ करोड ५३ लाख ९७ हजार ३७५ रहेको संस्थाले जनाएको छ । गत आर्थिक वर्षमा सहकारीले रु ९ करोड ५ लाख ८३ हजार २०८ को कारोबारबाट रु ३५ लाख २५ हजार ६३४ मुनाफा आर्जन गरेको छ । त्यसैगरी, गत आर्थिक वर्षमा रु १ लाखभन्दा बढीको शेयर खरिद गर्ने अर्जुन सुबेदी रु ३ लाख, बसन्त खड्का रु १ लाख २ हजार ४ सय र रामकुमार गुप्ता रु १ लाखलाई सम्मान गरिएको सहकारीका ब्यबस्थापक दपेन्द्र गैरेले जानकारी दिनु भएको छ ।
बिक्रम सम्बत् २०५६ साल कार्तिक १ गते स्थापना भएको कालिका बचत तथा ऋण सहकारीले स्थापना दिवसकै अवसर पारेर आयोजना गरेको सभाले ३४ निर्णय पारित गरेको सहकारीका सचिव पुष्पराज पौडेलले जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष ०८१÷८२ को वार्षिक प्रतिवेदन तथा आगामी ०८२÷८३ का कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा सहकारी सदस्यबीच एक विशेष चिठ्ठा उपहार कार्यक्रम समेत आयोजना गरिएको थियो ।
कोषाध्यक्ष कमलराज अधिकारीले आर्थिक तथा ऋण समितिको प्रतिवेदन, धितो मूल्याङ्कन समितिका संयोजक मोहनलाल रेग्मीले धितो मूल्याङ्कन प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक राजेश्वर थापाले सुपरिवेक्षण प्रतिवेदन गर्नु भएको थियो । सभाको उद्घाटन सत्रको सञ्चालन सचिव पुष्पराज पौडेलले र स्वागत उपाध्यक्ष बसन्तसिंह ठकुरीले गर्नु भएको थियो ।
१७ °C काठमाडौं
Facebook Comments