• १७ जेठ २०८३, आइतवार
  • २० °C काठमाडौं
राजापुर बजार क्षेत्रका पसलहरु अनुगमन

केशव कोईराला, २ कार्तिक, राजापुर (बर्दिया) । तिहार पर्वलाई लक्षितगर्दै बर्दियाको राजापुर बजार क्षेत्रका पसलहरुमा अनुगमन गरिएको छ । नगर उपप्रमुख मनकला कुमारी चौधरीको नेतृत्वमा भएको अनुगमन टोलीले विभिन्न किराना पसल, मिठाई पसल र उपभोग्य वस्तु बिक्री गर्ने पसलहरूमा निगरानी गरेको हो । 

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने म्याद गुज्रेका सामानको बिक्री–वितरण रोक्नका लागि अनुगमन गरिएको उप प्रमुख चौधरीले बताउनुभयो । बजारमा उपलब्ध खाद्य पदार्थको गुणस्तर, मूल्य सूची, तौल मापनका सामग्री र स्वच्छतासम्बन्धी अवस्थाको समेत निरीक्षण गरिएको छ । 

अनुगमन टोलीमा रोजगार शाखा प्रमुख रमेश पौडेल, शाखा उपप्रमुख यमकुमार परियार, बिपद फोकल पर्सन खुशी राम चौधरी ,नगरपालिकाका कर्मचारी, नगर प्रहरी ,ससस्त्र प्रहरी ,नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको सहभागिता थियो । 

अघिल्लो बर्ष भन्दा ब्यापारीहरुले साबधानी अपनाए पनि छिटफुट रुपमा म्याद गुज्रिका खुद्रा सामान हरु विभिन्न किराना पसलबाट जफत गरिएको छ । नगरपालिकाले आगामी दिनमा पनि चाडपर्वका समयमा उपभोक्ताको स्वास्थ्य र हकहित संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments