• ३ वैशाख २०८३, बिहिवार
  • २६ °C काठमाडौं
सिमा नाकामा काम गर्ने संघसंस्थाहरु एकिकृत हुनुपर्ने 

मुरली गोडिया, ३० असोज, गुलरिया (बर्दिया) । मानव बेचविखन तथा ओसारपसार, लागुऔषध जस्ता घटना रोक्न बोर्डरमा खटेका संघसंस्थाहरु सवै नाकामा बस्दै एकिकृत हुनु पर्ने सरोकारवाला निकायहरुले ध्यानाकर्षण गराएका छन । जिल्लाका एकै नाकामा ३÷४ वटा संघसस्थाहरु बसी मानव बेचविखन, लागुऔषधको रोकथाम लगायत क्षेत्रमा काम गर्दै आएपछि सरोकारवाला निकायहरुले संघसंस्थाहरुले एकिकृत रुपमा सेवा दिनुपर्नेमा जोड दिएका हुन् । 

एउटै नाकामा सबै केन्द्रित हुँदा तथ्यांक दोहोरिने र अन्य नाका रित्तै रहने हुँदा संस्थाहरु मिलेर सवै नाकामा निगरानी बढाउनु पर्ने सुझाव दिइएको छ । माइती नेपाल बर्दियाले गुलरियामा गरेको बाल यौन शोषण र मानव बेचिविखन विरुद्ध सेवा प्रदायकहरु बीच भएको अन्तक्रिया कार्यक्रमका सहभागीहरुले एकिकृत सेवामा जोड दिइएका छन् । शान्ति पुर्नस्थापना केन्द्रकी संयोजक सपना शर्माले एकै नाकामा बसेर थुप्रै संघसंस्थाहरुले काम गरि रहेको अवस्थामा एउटै व्यक्तिलाई उद्धार गर्दा सवै संस्थाहरुल फारम भरिरहेको हुन्छ । 

प्रहरीमा गएको डाटामा पनि फरक पर्न सक्ने र सवैको प्रतिवेदनमा एउटै नतिजा आउन सक्ने तर्फ सचेत गराउनु भयो । जिल्लाका संघसंस्थाहरु मिलेर कस्ले कुन नाकामा बसेर काम गर्ने कसैको डाटा नदोहोरिने र सवै नाकामा निगरानी पनि राख्न सकिने तर्फ सल्लाह गर्नु आवश्यक रहेको उहाँको भनाई छ । गुलरिया नगरपालिकाकी नगरउप्रमुख सावित्रा गौतमले संघ संस्थाहरुले मिलेर सवै नाकामा आफनो निगरानी बढाउनु पर्नेमा जोड दिनुभयो । सस्थाहरु एक आपसमा सल्लाह गरि सवैले काम गर्नुपर्ने आवश्यकता औल्याउँदै मानव बेचविखन रोकथामका लागी स्थानिय सरकारले सडक नाटक, सचेतना मुलक कार्यक्रमहरुगर्दै आएको उहाँको भनाई छ । 

बेचबिखन रोकथामका लागी घरपरिवार बाट लाग्नु पर्ने जरुरी रहेको गौतमले जोड दिनुभयो । सन्तान समाल्न सकिदैन भनि घरपरिवार बाटै सूचना आइरहेको अवस्था उहाँले खुलाशा पार्नु भयो । अन्तक्रिया कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल पत्रकार महासंघ, जिल्ला सरकारी वकिल कार्यलय, नेपाल बारएसोशियसन लगायतका प्रमुख एवं प्रतिनिधिको उपस्थितीमा भएको कायक्र्रक्रमलाई माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले सहजीकरण गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments