• ३ वैशाख २०८३, बिहिवार
  • २६ °C काठमाडौं
बर्दियाको गेरुवा स्थित बालिकाको हत्या आरोपमा एकजना सार्वजनिक

विष्णु अधिकारी, २२ असोज, बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ५ झबही निवासी १० बर्षिया बालिका भारती (एन्जल) देउवाको खोलाको किनारमा बालुवाले पुरिएको अवस्थामा शव भेटिएपछि बर्दिया प्रहरी अनुसन्धान नजिकै पुगेको छ ।

अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पाताभारले शंकास्पद ब्यक्तिहरुलाई सोधपुछका लागि लगिएका ब्यक्तिहरु मध्ये २२ बर्षिय समिर तिरुवा (सुनार) माथि थप शङ्का लागि सोधपुछ कै क्रममा अनुसन्धान गर्दा उक्त घटना आफुले घटाएको प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सरोज पौडेलले जानकारी दिनु भएको छ । 

अनुसन्धानकै क्रममा तिरुवाले बालिकाले लगाएको गहना लुट्ने क्रममा हत्या हुन गएको स्विकार गरेको प्रष्ट्याउनु भयो । अन्य प्राविधिक पाटोबाट पनि अनुसन्धान गर्दा निज तिरुवाले लुटेको गहना विभिन्न सुनचाँदी पसलमा विक्रिका लागि लगेको हुँदा तिरुवाले नै उक्त घटनाका मुख्य ब्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाको प्रारम्भिक अनुमान छ । घटनाको बर्दिया जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको छ । 

मृतक बालिकाको शव भेरी अस्पताल बाँकेमा पोष्टमार्टम भैसकेको हुँदा रिपोर्ट आएपछि थप घटनाको रहस्य खुल्ने जिल्ला प्रहरी उपरीक्षक पौडेलले बताउनु भयो । मृतक बालिका दशैको भोलिपल्ट मामा घरबाट फर्किदा बाटोमा पर्ने गणेशपुर सामुदायिक वनमा उक्त घटना घटेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments