• ५ वैशाख २०८३, शनिवार
  • २६ °C काठमाडौं
तिर्थयात्राका क्रममा भारतमा बेपत्ता बर्दियाका सरोज यादव अझै भेटिएनन्

केशव कोईराला, १९ भदौ, बर्दिया । भारतको बरेलीमा बेपत्ता भएका बर्दियाको गुलरिया नगरपालिका नम्बर १० कालाबन्जार निवासी १५ वर्षिय सरोज यादव अझै भेटिएका छैनन् । गत साउन २९ परिवारका सदस्यसहित भारतको बरेली स्थित मनौना धाममा दर्शन गर्न गएका यादव दर्शन स्थलमै हराएका थिए । 

परिवारका अनुसार दर्शनका क्रममा अचानक हराएका सरोजलाई खोजी गर्दा पनि हालसम्म पत्ता लाग्न सकेको छैन । “छोरा हराएपछि आफन्तजन निकै तनावसँगै चिन्तामा छन् । जसले देखेपनि जानकारी दिएर सहयोग गर्न परिवारले अपिल गरेको छन् ।

फरकसमाचारकर्मी कृष्ण भुषालले दिएको जानकारी अनुसार परिवारले भारत र नेपाल दुबै स्थानका सुरक्षा निकायसँग समन्वय गर्दै खोजी गरिरहेका छन् । तर यतिका दिन बितिसक्दा पनि उनको अवस्था पत्ता लाग्न नसक्दा परिवार थप चिन्तित बनेको छ । सञ्चारकर्मी भुसालसहितको टिम खोज तलासका लागि भारतको बरेली पुगेका छन् ।

सम्बन्धित समाचार

Facebook Comments