• ५ वैशाख २०८३, शनिवार
  • २६ °C काठमाडौं
माग पूरा नभए निजी विद्यालय बन्द गरेर चाबी सरकारलाई बुझाउने प्याब्सनको चेतावनी

विन्दु चौधरी, १६ भदौ, बर्दिया । शिक्षा विद्येयकको प्रावधानविरुद्ध निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), नेशनल प्याब्सनलगायत निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरूले बर्दियामा कालो झण्डा र कालो ब्यानरसहितको विरोध ¥याली निकालेका छन् । यस अघि विद्यार्थी बोक्ने गाडीहरु सहित र्याली र कोणसभा गरेका निजि विद्यालयका संस्थाहरुले यस पटक पनि बसहरुमा कालो ब्यानर र हातमा कालो पट्टी बाधेर विरोधमा उत्रिएका हुन् ।

बर्दियाको गुलरिया, बाँसगढी लगायत सबै पालिकाहरुमा एकसाथ बिरोध प्रर्दशन गरिएको प्याब्सन गुलरियाका अध्यक्ष राजीव कर्णले जानकारी दिनु भयो । सरकारले आफूहरुको माग बेवास्था गरे निजि विद्यालय बन्द गरी चावी सरकारलाई बुझाउने तयारी भैरहेको उहाँको भनाई छ । गुलरियामा कृषि विकास वैंक अगाडीबाट निकालिएको बससहितको बिरोध र्यालीले सुहेलवा चोक, बजारहुँदै विभिन्न वाईपास सडक खण्डहरुमा प्रर्दशन गरिएको उहाँको भनाई छ ।

संघीय शिक्षा विद्येयक विरुद्ध बाँसगढी नगरपालिका–९ माछागढचोकबाट निकालिएको ¥याली वडा नं ५ को वडा कार्यालय, नगरपालिकाको कार्यालय, लखना, वडा नं २ र ३ हुँदै गौरीचोकसम्म परिक्रमा गरिएको थियो । नगरपरिक्रमा स्वरूपको ¥यालीमा ३४ वटा पहेंला गाडी सहभागी भएको नेसनल प्याब्सन बाँसगढी नगर संयोजक केशव टमाटाले जानकारी दिनुभयो । शिक्षा विधेयकमा निजी विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउन खोजिएको र ‘पूर्ण छात्रवृत्ति’ जस्ता व्यवहारमै कार्यान्वयन गर्न नसकिने प्रावधानहरू राखिएको भन्दै देशभरै निजी तथा संस्थागत विद्यालयहरूले आन्दोलन चर्काइरहेका छन् । 

स्थानीय तहमा समेत दबाब सिर्जना गर्ने उद्देश्यले बाँसगढीमा पनि निजी विद्यालयहरूको संयुक्त छाता संगठनको अगुवाइमा विरोध कार्यक्रम गरिएको हो । प्याब्सनले विधेयकमा उल्लेखित ‘निजी विद्यालयलाई गैरनाफामूलक बनाइने’ भन्ने वाक्यांश हटाउनुपर्ने मागगर्दै आएको छ । साथै, ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्दावली पनि अस्वीकार्य रहेको निजी विद्यालय संचालकहरुको अडान छ । 

संगठनका अनुसार हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने र सोही अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क तथा मासिक पढाइ शुल्क कायम राखिनुपर्ने माग गरिएको छ । यसअघि पनि प्याब्सनले चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्दै आएको छ । शिक्षा विधेयकमा विवादास्पद प्रावधान यथावत रहिरहे संघर्ष अझै तीव्र पार्ने चेतावनी समेत दिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments