हात्ती सचेतना सम्बन्धी हाजिरी जवाफ प्रतिस्पर्धामा गुराँस नमूना मावि प्रथम
हरी गुरुङ, १५ भदौ, बर्दिया । विद्यार्थीहरु मार्फत मानव हात्ती सह अस्तित्वका लागि सचेतना अभीवृद्धिको प्रयासहरू आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा मधुवनको श्री गुराँस नमूना माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नम्बर ६ प्रथम भएको छ । हात्ती मेरो साथी विद्यालय इको क्लब गुराँसको आतिथ्यतामा गरिएको हाजिरी जवाफ प्रतियोगितामा मधुवन नगरपालिका अन्तर्गत रहेका १० वटा माध्यमिक विद्यालयहरु सहभागी थिए ।
प्रतियोगितामा श्रीत्रिभूवन माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं १ सूर्यपटुवा द्वितीय, मञ्जुश्री बालबाटीका माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं २ बंगालिपुर तृतीय स्थान प्राप्त गरेको छ । त्यस्तै नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं ४ ढोढरीले सान्तवना स्थान प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई क्रमशः नगद ५ हजार रुपैया मेडल प्रमाणपत्र, द्वितीय ४ हजार रुपैया, मेडल, प्रमाणपत्र, तृतिय ३ हजार रुपैया, मेडल प्रमाणपत्र र सान्तवनालाई नगद रु २ हजार मेडल प्रमाणपत्र प्रदान गरिएको छ ।
हाजिरी जवाफ प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथी मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । जर्मन कर्पोरेशन, ग्लोवल नेचर फन्ड, आईयुसीएन, एनईडब्लुएस, खाता सामुदायीक वन समन्वय समिती मधुवन नगरपालिका वडा नं ३ बर्दिया, उज्यालो नेपाल, ठाकुरबाबा नगरपालिका वडा नं १ भुरिगाँउ बर्दियाको सहयोग समन्वय र सहकार्यमा हाजिरी जवाफ प्रतियोगिता संचालन भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरी, बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विश्व बाबू श्रेष्ठ रहनु भएको थियो । त्यस्तै मधुवन नगरपालिका शिक्षा शाखा प्रमुख नारायण पोख्रेल, अतिथि हात्ती मेरो साथी संयोजक धनिराम चौधरी, उज्यालो नेपालका स्वयमसेवक रमेश कुमार थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर खत्रीको सहभागीता थियो । विभिन्न विद्यालयका इको शिक्षकहरू लगायत हात्ती मेरो साथीका गाँउटोल संयोजकहरु, हात्ती मेरो साथी विद्यालय इको क्लबका विद्यार्थीहरु सहभागी थिए ।
प्रमुख अतिथी नगर प्रमुख भाटले विद्यार्थीहरुलाई ठूलो मान्छे भन्दा असल मान्छे वन्नुपर्ने सुझाव दिनुभयो । स्थानीय पाठ्यक्रममा बाघ, हात्ती, गैँडा जस्ता वन्यजन्तुका आनीबानी, कसरी बच्ने भने कुरा समावेश गर्नुपर्ने जरुरी देखिएको हुनाले मधुवन शिक्षा शाखा प्रमुखलाई अनुरोध गर्नु भएको छ । उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको मदन ज्ञवालीले सञ्चालन गर्नुभएको थियो ।
प्रेस काउन्सिन नेपालमा ख बर्गमा बर्गिकृत चुरेकुञ्ज साप्ताहिक पत्रिकाद्वारा संचालित चुरेकुञ्ज डटकममा प्रकाशित समाचारहरु साभार नगरीकन केही मिडियाहरुले प्रकाशित गरेको पाईएकोले ध्यानाकर्षण भएको छ । साभार नगरी वा अनुमति नलिई समाचार प्रकाशित नगर्न सबैमा अनुरोध गर्दछौं । अन्यथा कानूनी उपचारमा जाने ब्यहोरा जानकारी गराउँछौ । सम्पादक ।
२६ °C काठमाडौं
Facebook Comments