• ५ वैशाख २०८३, शनिवार
  • २४ °C काठमाडौं
वेपत्ता भएको २३ बर्ष वितिसक्दा पनि परिवारले पाएनन् न्याय 

विष्णु अधिकारी, १४ भाद्र, बर्दिया । बारबर्दिया नगरपालिका वडा नम्बर १० का जुबलाल थारु आफ्नो छोरा राजकुमार थारु २०५९ साल साउन ३ गते शुक्रवारका दिन राज्यपक्षबाट वेपत्ता पारिएकाले आज सम्म पनि छोरा आउँछ भनेर बाटो कुर्दै बसेको बताउनु हुन्छ । आमालाई औषधी गर्न गएको बेला छोरालाई वैदी चोकबाट वेपत्ता पारियो । 

छोराको रिहाईका लागि धेरै ठाउँ चाहार्दा पनि अझ सम्म छोराको अवस्था जानकारी नभएकोले छोराको अवस्थाका बारेमा राज्यले छिटो जानकारी देओस । गहँभरि आसु झार्दै उहाँले भन्नुभयो, छोराको सम्झनाले राती निन्द्रा लाग्न छाडेको बर्षौ भइसक्यो । राती घरभित्र विरालो मुसा दोैडेको सुन्दा छोरा भनि बोलाउने गरेको छु । एउटा बाबुलाई छोरा हराएको पिडा कति हुन्छ भनेर शब्दमा बयान गर्न नसकिने भन्दै उहाँको भक्कानो फुट्यो । 

द्वन्द पीडित गेरुवा गाउँपालिका वडा नं. ५ कि अर्चना चौधरीले दाजु राम नारायण थारु २०५८ सालमा १४ बर्षको उमेरमा वेपत्ता भएको बताउनु भयो । दाजुको अवस्था अज्ञात रहेकाले राज्यले ज्यूदो भए सास र मरेको भए लास देखाइदिन उहाँको आग्रह छ । वेपत्ता परिवारको सदस्यले पाउने राहतलाई निरन्तरता दिन राज्यसँग माग गर्नुभयो । छोराको खोजीमा हिडदा हिद्दै बुवाआमा बुढो भैसक्नु भयो । भाईको न्यायका लागि लडिरेहको उहाँको भनाई छ ।

सम्बन्धित समाचार

Facebook Comments