आपराधिक गतिविधि नियन्त्रण गर्ने सीमा सहजीकरण समितिको निर्णय
हरी गुरुङ, १४ भदौ, (मधुवन) बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नम्वर ३ मा अवस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा बल (विओपी) धानौरा वर्दियामा सीमा सहजीकरण समितिको मासिक समन्वय बैठक सम्पन्न भएको छ । मधुवन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष तथा सीमा सहजीकरण समितिका संयोजक नारायण मल्लले संयोजकत्वमा बैठक गरिएको हो ।
सीमा सहजीकरण समितिले विविध विषयहरुमा छलफल गरी कार्यान्वय गर्ने गरी सीमा ईलाकामा हुने आपराधिक गतिविधि नियन्त्रण तथा सूचना आदानप्रदान, मानव बेचबिखन नियन्त्रण, अवैध चोरीपैठारी तथा लागू औषध नियन्त्रण र दशगजा सरसफाई गर्ने निर्णय गरेको छ । नयाँ सरुवा भई आउनु भएका सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक गणेश प्रसाद आचार्यलाई मधुवन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष तथा सीमा सहजीकरण समितिका संयोजक नारायण मल्लले स्वागत गर्नुका साथै वडाका वस्तुस्थितिका बारेमा जानकारी दिनुभएको थियो ।
बैठकमा सीमा सहजीकरण समितिका सदस्यहरु पत्रकार हरि गुरुङ, उजेली चौधरी साना हात नेपाल, राजु गिरी सीमा ईलाका बासिन्दा, वडा सदस्य राम बहादुर थारु, नागरिक समाज अगुवा बरघर फूलाराम थारु, लोकेन्द्र आरसी प्रहरी सहायक निरीक्षक प्रहरी चौकी धनौरा, राजन न्यौपाने सशस्त्र प्रहरी नायब निरीक्षक सशस्त्र प्रहरी बल (विओपी) भगरैया तथा सदस्य सचिव सशस्त्र प्रहरी निरीक्षक गणेश प्रसाद आचार्यको सहभागीता थियो ।
२६ °C काठमाडौं
Facebook Comments