• १२ वैशाख २०८३, शनिवार
  • २१ °C काठमाडौं
स्थानिय तहमा भएका भ्रष्टाचारको खुलेर कलम चलाउनुपर्छ : प्रेस युनियन अध्यक्ष श्रेष्ठ

मुरली गोडिया, गुलरिया । स्थानिय तहमा भएका भ्रष्टाचारको खुलेर कलम चलाउनु पर्ने नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष दीपकलाल श्रेष्ठले बताउनु भएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाले युनियनका कार्य समितिमा रहेका सञ्चारकर्मीको लागि आयोजना गरेको क्षमता अभिबृद्धि कार्यक्रममा बोल्दै पत्रकारिता सेवा मुलक ब्यवसाय भएकोमा जोड दिनु भयो ।

पत्रकारिता बर्तमान अवस्थामा गलत तरिकाले ब्यवसायिक नामबाट बदनाम भएको बताउनु भयो । कार्यक्रममा सहयोग गर्ने गुनपा वडा नम्बर ६ लाई धन्यवाद दिदैं उहाँले पत्रकारिता केवल सेवा भएकोले कसैले पनि गलत कुराको खुलासा गर्नु पर्ने बताउनु भयो । शुभकामना मन्तव्य दिदै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले यस्ता कार्यक्रमले पत्रकारहरुलाई थप उर्जा दिने बिश्वास व्यक्त गर्नु भयो । नेपाली पत्रकारिता जगतमा प्रेस युनियनले खेलेको भुमिका सर्हनिय भएको उल्लेखगर्दै क्षमता अभिबृद्धि कार्यक्रमले पनि जिल्लाको पत्रकारितालाई थप उचाइमा पुर्याउन सकोस भन्ने शुभकामना दिनु भयो । उद्घाटन शत्रमा शुभकामनादिदै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद बश्यालले अहिलेको पत्रकारितामा धेरै सहजता भएको भए पनि स्तर खस्कदै गएको प्रती चिन्ता ब्यक्त गर्नुभयो । 


अहिलेको पत्रकारिताले आम नागरिकको जनचाहना अनुसारको प्रस्तुति दिनु पर्ने बताउँदै नागरिक स्तरमा समाचार र रिपोर्टिङ गर्ने विधि परिवर्तन गरि खबरदारीगर्दै सभ्य समाज निर्माणका लागि कलम चलाउन आब्हान गर्नुभयो । शुभकामना मन्तव्यदिदै प्रेस युनियन बर्दिया एवम् नेपाल पत्रकार महासंघ बर्दियाका पुर्ब अध्यक्ष तथा प्रशिक्षक राजेन्द्रप्रसाद धितालले प्रेस युनियनको सुरुवात एवं पत्रकार जगतको उत्पती, भुमिका तथा बर्तमान अवस्था बारे प्रष्ट पार्नु भयो । नेपाल प्रेस युनियन लोकतान्त्रिक ब्यवस्थालाई सुदृढ बनाउने सस्था भएको बताउँदै पत्रकारका पेशागत सुरक्षाका निम्ति सस्था स्थापना भएको बताउनु भयो । लोकतन्त्रमा मात्र पत्रकारिता बाच्ने उहाको भनाई छ । मौलिकतालाई झल्काउने खालको पत्रकारिता आवश्यक रहेको बताउदै पार्टी र राजनीतिक दलको आलोचना लेख्न न सक्ने पत्रकार सच्चा पत्रकार हुनै नसक्ने प्रष्ट्याउनु भयो ।


हाम्रो उद्देश्य लोकतन्त्र मात्रै होइन लोकतान्त्रवादी संस्थालाइ समेत जगेर्ना गर्नु पर्ने सुझाव उहाँको छ । गाउँ गाउँमा पत्रकार उत्पादन गरि तल्लो स्तरबाट भ्रष्टाचार अन्त्य गर्नु पर्ने बताउनु भयो । सुशासनका निम्ति पारदर्शिता आवश्यक रहेको औल्याउनु भयो । सन्चार कर्म आवाज बिहिनहरुको आवाज बन्नु पर्ने समय भएको बताउनु भयो । सबै तिरबाट नागरिकलाई सास्ती भएको बताउँदै नागरिकको समस्यालाई हल गर्नु पत्रकारको प्रमुख कार्य रहेको बताउनु भयो । शुभकामना मन्तब्य दिदै गुलरिया नगरपालिका ६ नम्बर वडाका अध्यक्ष सुधान्सु प्रकाश शर्माले पछील्लो समय केही पत्रकारिता गरिने शैली हेरेर नागरिक स्तरमा नकारात्मक भास्य सृजना भएको बताउनु भयो । 


साना साना नागरिकका गुनासो तथा दैनिकीको समस्या पिरमर्का बारेमा उठन गर्न न सकेको बताउदै त्यस्ता बिषयमा कलम चलाउनु पर्ने शुभकामना दिनु भयो । क्षमता अभिबृद्धि कार्यक्रमले पत्रकारलाई समेत पुर्नर्ताजगी हुने भएकोले वडाले सहयोग गरेको बताउनु भयो । आगामी दिनहरुमा समेत पत्रकारिताका क्षेत्रमा कार्यक्रम तथा बजेट बिनियोजन गर्न पहल गर्ने उहाँको प्रतिबद्धता छ । शुभकामना मन्तब्य दिदै गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले पत्रकार माथी लाग्ने गरेको गलत आरोपहरुलाइ एस कार्यक्रमले चिर्न सकोस भनी शुभकामना दिनु भयो । पत्रकारिता खोज अनुसन्धानको बिषय भएकोले विभिन्न निकायले गरेको कार्यहरूको उजागर गर्नु पर्ने बताउनु भयो । 

सम्बन्धित समाचार

Facebook Comments