• ९ वैशाख २०८३, बुधवार
  • २९ °C काठमाडौं
लागुऔषध रोकथाम गर्न समुदाय स्तरबाटै सचेतना आवश्यक :  प्रहरी प्रमुख पौडेल

मुरली गोडिया, ११ भदौ, गुलरिया (बर्दिया) । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले लागुऔषध सेवन तथा ओसारपसारका लागी समुदाय स्तरबाटै सचेतना आवश्यक रहेको बताउनु भएको छ । बर्दियाका संचारकर्मीसंगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधनगर्दै पौडेलले बर्दिया जिल्ला मात्र नभई नेपालभर नै लागुऔषध कारोबार बढी रहेको प्रष्ट्याउनु भएको छ । 

बर्दिया जिल्ला खुला सिमानासंग जोडिएको भएर पनि यस अतिसंवेदनशिलताका साथ हेरिएको छ । तसर्थ यसको रोकथामका लागी प्रहरी मात्र नभई विनावर्दिका संचारकर्मी लगायत स्थानिय समुदायको समेत सचेतनाका लागी अग्रसरता हुनु पर्नेमा जोड दिनुभयो । बर्दिया जिल्लाको विभिन्न नाकाबाट दैनिक जसो लागुऔषध प्रयोगकर्ता तथा घटनामा संलग्नलाई प्रक्राउगर्दै आएको प्रहरीको तथ्यांकले देखाउने गरेको छ । जिल्लामा विभिन्न घटना हुन सक्ने भन्दै प्रहरी आफनो स्रोतसाधनको समुचित प्रयोगगर्दै तत्काल घटनास्थलमा पुग्ने बताउनु भयो । 

प्रहरी पनि एक नागरिक भएका कारण स्वास्थ्य समस्या वा अन्य समस्या नभए प्रहरी निर्धक्कका साथ सुरक्षाका लागी समयमै खट्ने प्रतिबद्धता उहाँको छ । पछिल्लो समय अनलाईनबाट देशभरि नै ठगीको विगविगी रहेकोमा यस विषयलाई गम्भिरताका साथ लिई समुदाय स्तरमा सचेतना फैलाउन संचारकर्मी माझ उहाँको आग्रह छ । ठुलो गिरोह लागेर सिधासाधा सर्वसाधारणलाई आर्थिक प्रलोभन दिई सामाजिक संजाल मार्फत ठगि गरिहेको भन्दै यसतर्फ बर्दिया प्रहरी गम्भिरताका साथ लागेका बताउँदै आम सचेत वर्गले समेत ख्याल गरि सुचना दिनुपर्ने प्रहरी उपरिक्षक पौडेलले सुझाउनु भयो । 

सम्बन्धित समाचार

Facebook Comments