• ९ वैशाख २०८३, बुधवार
  • २९ °C काठमाडौं
बर्दियाको गुलरियामा आयोजित नगरस्तरिय एकल तिज नृत्य प्रतियोगीतामा नेहा घर्तीमगर प्रथम

मुरली गोडिया, ११ भदौ, गुलरिया (बर्दिया) । बर्दियाको गुलरियामा आयोजित नगरस्तरिय एकल तिज नृत्य प्रतियोगीता सम्पन्न भएको छ । महानपर्व हरितािलका तीजको अवसरमा मुन लाइट डान्स एकेडमीको आयोजना, वडा नम्बर ४, ५, ६ र ७ को आर्थिक सहयोग, मिलेनियमा टायल्स एण्ड प्रकास्टको विशेष सहयोगमा गुलरिया स्थीत राधाकृष्ण चौकमा नगरस्तरिय एकल तिज नृत्य प्रतियोगीता गरिएको हो । 

प्रतियोगीतामा ८ जना प्रतिस्पर्धीहरुले सहभागीता जनाएका थिए । प्रतियोगीतामा प्रथम नेहा घर्तीमगर, द्धितिय एरिका थापा मगर, तृतिय बन्दना सापकोटा र सान्त्वना स्थान स्मिती ठकुरी शाही हुनु भएको आयोजक मुन लाइट डान्स एकेडमीले जनाएको छ । प्रथमलाई १० हजार, द्धितियलाई ५ हजार, तृतियलाई ३ हजार र सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीलाई २ हजार ५ सय नगद सहित प्रमाण पत्र प्रदान गरिएको निर्णयक मण्डलकी संयोजक संगीता थापाले जानकारी दिनु भयो । प्रतियोगीतामा भाग नलिएका सहभागीहरुलाई तीज गीतमा नृत्य प्रस्तुत गरि दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । 

कार्यक्रममा जनप्रतिनिधी, गुलरिया नगरपालिकाका वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्यालय, वडा नम्बर ७ का वडा अध्यक्ष मनोज यादव, स्थानिय उद्योगी व्यवसायी, विभिन्न संघसंस्थाका महिला प्रतिनिधी लगायत स्थानियको सहभागिता थियो । कार्यक्रमको सहजीकरण नयन सुनारले गर्नु भएको थियो । निर्णयक मण्डलमा संगीता थापा र सुवोध मल्ल रहनु भएको थियो । गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहको अध्यक्षतामा भएको कार्यक्रमको गुलरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मुम बहादुर मल्लले समापन गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments