• ९ वैशाख २०८३, बुधवार
  • २९ °C काठमाडौं
बर्दियाका निजी विद्यालयहरुद्वारा शिक्षा ऐनको बिरोध 

यादव आचार्य, ११ भाद्र, बर्दिया । सरकारले संघिय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी निति ल्याउन लागेको भन्दै बर्दियामा बिरोध प्रर्दशन भएको छ । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन लगायतका निजी विद्यालय संचालनका ब्यवसायी संस्थाहरुको आयोजनामा जिल्लाका सबै पालिकाहरुमा विद्यालयका सवारी साधन सहितको र्यालीसहित विरोध प्रर्दशन गरिएको छ ।

संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी निति ल्याउन लागेकोले त्यसको विरोधमा शान्तिपूर्ण प्रर्दशन गरिएको प्याब्सन गुलरियाका अध्यक्ष राजीव कर्णले बताए । बर्दियाको गुलरिया स्थित कृषि विकास वैंक नजिकै जम्मा पारिएका वस तथा भ्यानहरुले गुलरिया बजार परिक्रममा गरी राधाकृष्ण चोकमा कोण सभा गरेको थियो । गुलरिया नगरपालिकामा संचालित करिव १२ वटा निजी विद्यालयका साढे १ दर्जन स्कूल बसहरु गुलरियामा र्यालीमा सहभागी थिए ।

कोण सभालाई सम्बोधनगर्दै प्याब्सनका केन्द्रिय सल्लाहाकार निर्मल कुमार उपाध्यायले निजी विद्यालयले देशमा गुणस्तरिय शिक्षासँगै लाखौ रोजगारीको अवसर श्रृजना गरेको बताए । सरकारले ल्याउन लागेको नितिमा पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनु पर्ने, विद्यालयहरुमा उत्पादन नहुने सामाग्रीहरु जस्तैं पोशाक, स्टेशनरी, शैक्षिक सामाग्री, खाना, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरुलाई गैर नाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाउनु पर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा राख्नुपर्ने र पालिका प्रतिनिधिको सहभागीतामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने ब्यवस्था गरिनुपर्ने लगायतका ५ बुँदे मागहरु छन् ।

त्यस्तै छात्रबृत्ति सम्बन्धी ऐन २०२१ को दफा ३ (क) नियमावली, २०६० को नियम १० (क) मा ४५ प्रतिशत आरक्षण छात्रवृत्ति ब्यवस्था तथा २०७७ को संशोधन ऐन अन्र्तगतको  विभेदकारी प्रावधान जसअनुसार कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मात्र उच्च शिक्षामा सिटिईभिटिई कार्यक्रम अन्र्तगत अध्ययन गर्न पाउने ब्यवस्था भएको विभेदकारी ऐन नियमका दफाहरु खारेज गरिनु पर्ने उनीहरुको माग छ । आफूहरुको मागलाई ब्यवास्ता गरिए केन्द्रिय सर्कुलर अनुसार कडा आन्दोलनमा उत्रिन बाध्य हुनुपर्ने उपाध्यायको भनाई छ ।

सम्बन्धित समाचार

Facebook Comments