थारु समुदायमा धुमधामले मनाईंदै अट्वारी पर्व
विन्दु चौधरी, ८ भदौ, बर्दिया । कृष्ण जन्माष्टमी पछिको पहिलो आईतवार बर्दियासहित तराईका थारु समुदायहरुले वर्का अट्वारी पर्व मनाइरहेका छन् । दुई दिनसम्म मनाईने अटवारी पर्व आईतवार पुरुषहरुले निराहार व्रत बसेर मनाउने प्रचलन छ ।
पश्चिम कञ्चनपुरदेखि कैलाली, बर्दिया, बाँके, सुर्खेत, दाङका थारु समुदायका पुरुषहरुले व्रत बसेर मनाउने गर्छन् । ‘भेवाँ’ अर्थात पाँच पाण्डवमध्येको माइलो भाइ भीमको पूजा अर्चना गरेर अटवारी पर्व मनाउने प्रचलन छ । भीमलाई थारु समुदायका मानिसले भेवाँ भन्ने गर्दछन । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको अट्वारी पर्व पाच पाण्डव मध्येका माईलो भाई भिम जस्तै बलवान हुन पाउँ भनेर सुर्यदेवताका नाममा अट्वारी पर्व बस्ने विश्वास थारु समुदायमा रहि आएको छ ।
आईतवार पर्वको पहिलो दिन व्रतालु पुरुषहरुले रोटी पकाउनको लागि शुद्ध आगोको प्रयोग गर्नुपर्ने हुन्छ । यसको लागि गन्यारीको काठबाट आगो निकालेर रोटी पकाउने प्रचलन रहेको छ । आगो मुखले फुक्नु हुदैन । भने रोटी, फुलौरी, लगाएत विभिन्न परीकार रोटी, कांक्रा, केरा, अम्बा लगायत अन्य फलफूल, दही, घ्यू बर्तालुहरु आफ्नो टपरीबाट सबै खानेकुरा अग्नि देवतालाई चढाउछन भने दोस्रो दिन अर्थात सोमवार विहान विजोर संख्यामा तरकारी पकाएर भात, माछा, तरकारी अग्नि देवता (अंग्रायारी) लाई चढाउने गर्दछन । जसलाई फरहार गर्ने भनिन्छ ।
व्रतालुहरुले दुवै दिन खानुभन्दा पहिले सबै परिकार एक भाग छुट्टयाएर निकालेपछि मात्रै आफू खाने गर्दछन् । त्यसरी छुट्टयाएर निकालिएको विभिन्न परिकार विवाहित छोरीचेली वा दिदीबहिनीलाई कोसेलीको रुपमा दिने गरिन्छ । अग्रासन दिन गएका दाजुभाईलाई छोरीचेलीले आदर–सम्मान, सत्कारका साथ मिठोमसिनो खुवाएर सम्मान गर्ने चलन छ । त्यसरी माइती पक्षको अग्रासन पाएपछि छोरीचेली निकै खुशी हुनुकासाथै सम्बन्ध थप सुमधुर हुने विश्वास गरिन्छ । लुम्विनी प्रदेश सरकारले आईतवार अट्वारी पर्वको अवसर पारेर सार्वजनिक विदा समेत दिएको छ ।
२९ °C काठमाडौं
Facebook Comments