• ९ वैशाख २०८३, बुधवार
  • २९ °C काठमाडौं
लुम्विनी प्रदेश स्तरीय श्रव्यदृष्य वक्तृत्वकलामा नेरामावि धनौराकी छात्रा भट्टराई द्वितिय

हरि गुरुङ, ७ भदौ, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर धनौरामा अवस्थित श्रीनेपाल राष्ट्रीय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा श्रीतिका भट्टराई प्रदेश स्तरीय श्रव्य दृष्य वक्तृत्वकलामा दोस्रो स्थान ओगट्न सफल भएकी छिन् । प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ७२ वटा बिद्यालयका १ सय १६ जना छात्रछात्राहरुको सहभागीता थियो । 

शान्ती, सभ्यता प्रतिरक्षा लुम्बिनी बुद्धभूमि नं ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलबस्तुको ८ औं स्थापना दिवसको अवसरमा आयोजित लागूऔषधको, असर, ओसारपोसार तथा नियन्त्रणमा विद्यार्थीको भूमिका बिषयक प्रदेश स्तरीय श्रव्य दृष्य वक्तृत्वकला आयोजना गरिएको हो । वक्तृत्वकला प्रतियोगितामा लुम्बिनी प्रदेशस्तरमा दोस्रो स्थान प्राप्त गर्न सफल भएकोमा विद्यालय परिवारले गर्व महसूस गरेको विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर खत्रीले बताउनु भयो ।

मधुवन नगरपालिकाको विकट ठाउँमा पनि छात्रा श्रीतीका भट्टराईले शिक्षकहरुको छाती चौडा गरेकोभन्दै धेरै धेरै बधाई तथा उज्ज्वल भविष्यको कामना ब्यक्त गर्नु भयो । प्रतियोगितामा ३ सय प्राप्ताङमा २ सय ६४ दशमलब ५ अंक प्राप्त गरी दमकडा नमूना माध्यमिक विद्यालय पाल्पा कक्षा ९ की छात्रा ओजस्वी आचार्य प्रथम भएकी छिन भने बर्दिया मधुवन नगरपालिका वडा नं ३ श्री नेपाल राष्ट्रीय माध्यमिक विद्यालय धनौरा कक्षा १० अध्ययनरत छात्रा श्रीतिका भट्टराईले ३ सयमा २ सय ५६ अंक प्राप्त गरी दोस्रो भएकी हुन् । 

बर्दिया रिभर क्वीन्स स्कूल बढैयाताल कक्षा ६ अध्ययनरत छात्रा सुभेक्षा खडकाले २ सय ४४ दशमलव ५ अक प्राप्त गरी प्रोत्साहन पुरस्कार प्राप्त गरेकी छिन । विज्ञ निर्णायक मण्डलमा उप सचिव राम बहादुर हमाल, बुटवल बहमुखी क्याम्पसका उप प्राध्यापक विष्णु प्रसाद घिमिरे र नेपाल एपिएफ स्कूल कोहलपुरका निमित्त प्रधानाध्यापक राज कुमार प्याकुरेल सहितको टोलीले नतिजा निकालेका थिए । 

दोश्रो हुने बर्दियाकी छात्रा श्रीतिक भट्टराईलाई सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक संगठन प्रमुख राजु अर्यालबाट नगद पुरस्कार र प्रसंशा पत्र प्रदान गर्नुभएको छ । उहाँले आगामी दिनका लागि उज्ज्वल भविष्यको कामना सहित शुभकामना दिनु भएको छ । बर्दिया जिल्लाबाट श्रीनेपाल राष्ट्रीय माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं ३ धानौरा, जीजीएन इङ्गलिस मिडियम स्कूल मधुवन र रिभर क्वीन्स स्कूल बढैयाताल गरी ३ वटा विद्यालयले प्रतियोगितामा सहभागीता जनाएका थिए ।

सम्बन्धित समाचार

Facebook Comments