• ९ वैशाख २०८३, बुधवार
  • २९ °C काठमाडौं
बर्दियाको मधुवनमा वयस्क भाले चितुवा नियन्त्रणमा लिईयो

हरी गुरुङ, ४ भदौ, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नंम्बर २ मा बस्ती नजिक आएको वयस्क चितुवा नियन्त्रणमा लिईएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बर्दियाको डार्ट टिमले चितुवा नियन्त्रणमा लिएको हो ।  

चमेली गौरी सामुदायिक वनका स्थानीयहरुले विहान करिब ७ बजेको समयमा झाडी सर सफाई गर्ने क्रममा चितुवा देखापरेको सामुदायिक वनका अध्यक्ष राम लाल चौधरीले बताउनु भएको छ । चितुवा भगाउन बर्दिया राष्ट्रिय निकुञ्जबाट ५ वटा हात्ती परिचालन गरिएता पनि चितुवा नभागेपछि नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिईएको भाले चितुवा बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय ठाकुरद्वारा लगिएको छ ।

प्रमुख जिल्ला अधिकारी, डिभिजन वन कार्यालय वर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया, नेपाली सेना जबर जंग गण ठाकुरद्वारा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, चोरी सिकार नियन्त्रण एकाई र स्थानीय उपभोक्ताहरुको सहयोगमा नियन्त्रणमा लिइएको वयस्क चितुवाको लम्बाई शिरदेखि पुच्छरसम्म २ सय १७ सेन्टिमिटर, पुच्छर ९४ सेन्टिमिटर छ । चितुवाको उचाई ६२ सेन्टिमिटर रहेको बताईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments