• ९ वैशाख २०८३, बुधवार
  • २९ °C काठमाडौं
बर्दियाको राजापुर विङ्गर र्दुघटना घाईतेहरुको अवस्था मध्यम तथा सामान्य (अपडेट)

केशव कोईराला, ४ भदौ, काठमांडौ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८ स्थित ओस्ताजपुरमा मंगलबार भएको सवारी दुर्घटनामा परी घाईते हुनेहरुको अवस्था सामान्य रहेको छ । नेपालगञ्जबाट धनगढीतर्फ गइरहेको विङ्गर गाडी र राजापुरबाट वडा नं. १० तर्फ जाँदै गरेको २ ओटा अटो रिक्सा एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । 

तीव्र गतिमा रहेका दुबै सवारी एकआपसमा ठोकिंदा राय भजनिको करङमा चोट अवस्था मध्यम, गजनि थरुनिको बाया खुट्टा दुइ ठाउँमा भाँच्चिएको अवस्था मध्यम, चैतु थारुको दाहिने कुम चर्केको अवस्था मध्यम, यम बहादुर खड्काको दाहिने खुट्टाको घुँडा भाँच्चिएको र आईसियुमा राखेको अवस्था मध्यम, निरु थारुको अवस्था सामान्य, रुन्चि थरुनिको दाहिने हात र टाउकोमा चोेट अवस्था सामान्य बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

र्दुघटनापछि घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको थियो । प्रारम्भिक अनुमान अनुसार तीव्र गतिको कारण र्दुघटना भएको हुनसक्ने बताइएको छ । स्थानीय बासिन्दाहरूले दुर्घटनापछि तत्काल उद्धारमा सहयोग गरेका थिए । दुर्घटनाले स्थानीय क्षेत्रमा केही समय तनावपूर्ण अवस्था पनि सिर्जना गरेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments