• ९ वैशाख २०८३, बुधवार
  • २९ °C काठमाडौं
बर्दियाको राजापुरमा विङ्गर र अटो ठोक्किँदा पाँच जना घाइते, चार जनाको अवस्था गम्भीर

केशव कोईराला, ३ भदौ, काठमांडौ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८ स्थित ओस्ताजपुरमा मंगलबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

नेपालगञ्जबाट धनगढीतर्फ गइरहेको विङ्गर गाडी र राजापुरबाट वडा नं. १० तर्फ जाँदै गरेको २ ओटा अटो रिक्सा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । तीव्र गतिमा रहेका दुबै सवारी एकआपसमा जुद्दा अटोमा सवार यात्रुहरू गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको छ । 

उनीहरूको नाम र ठेगाना सार्वजनिक गरिएको छैन । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुमान अनुसार तीव्र गतिको कारण हुनसक्ने बताइएको छ । स्थानीय बासिन्दाहरूले दुर्घटनापछि तत्काल उद्धारमा सहयोग गरेका थिए । दुर्घटनाले स्थानीय क्षेत्रमा केही समय तनावपूर्ण अवस्था पनि सिर्जना गरेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments