• ९ वैशाख २०८३, बुधवार
  • २९ °C काठमाडौं
बाल विवाह न्यूनिकरण गर्न किशोर किशोरी क्लव सक्रिय हुनुपर्छ : उपप्रमुख गौतम

मुरली गोडिया, ३ भदौ, गुलरिया (बर्दिया) । गुलरिया नगरपालिकाकी नगर उपप्रमुख साबित्रा गौतमले गुलरियामा वडाहरु बालबिवाह घोषणा भएको भए पनि पालिका अझै घोषणा गर्न नसकेको बताउनु भयो । पालिका भित्रका समाजमा बालबिवाह भैरहेको कारण पालिकालाई बाल विवाहमुक्त घोषणा गर्न नसकिएको उहाँको भनाई छ । 

बाँके युनेस्को क्लबले गुलरियामा गरेको एक कार्यक्रममा वहाँले यस्तो बताउनु भएको हो । गौतमले भन्नु भयो “मलाई लाग्दैन कि बालविवाह मुक्त वडा घोषणा गरि सकेका छौं  । पालिका घोषणा गर्न सकेका छैनौं । पालिका किन गर्न पाएको छैन भने हामीले चाही यसो हेर्दा खेरी कता कताबाट ल विवाह भयो है भन्ने पनि सुन्न आउँछ कतै फेरी हामी तल झर्नुपर्ने हो की भनेर हामीले यहाँ निर ग्याप हुनु परेको छ ।” उहाँले अगाडी थप्नु भयो, “मलाई खै त अहिले सम्म यो ठाउँमा बालविवाह हुँदै छ भनेर कुनै पनि किशोरीले भन्नु भएको छैन । 

गाँउमा गएर हेर्दा वालविवाह भाको पनि देखिन्छ” “त्यस कारण यहाँ बालविवाह हुँदैछ भनि किशोरीहरुले हामीलाई फोन गर्नु प¥यो । हामी बल्ल विश्वास गर्छौं कि तपाई यति काम गर्नु भयो भनेर नत्र तपाई हरु संग यस्ता बैठक थप्रै गरि सक्यौं ।” किशोरी क्लबका किशोरहरुलाई विभिन्न स्थानमा लगेर स्थानीय सरकार एवं संघसस्थाहरुले तालिम दिएर पनि उपलब्धि बारे जानकारी न पाउनु चिन्ताको विषय भएको गौतमले उल्लेख गर्नु भयो । योजना निर्माण, शुसासनमा किशोर क्लबको भुमिका, हानिकारक अभ्यासमा क्लबको योजना लगायत बिषयमा किशोर क्लबहरु मौन बस्न न मिल्ने वहाको तर्क थियो । 

लामो समय देखि तालिम तथा अन्य सहयोग गरे पनि किशोरी क्लबले समाजमा सक्रिय भई कार्य गर्न न सकेको भन्दै अगामी दिन यसरी नै भए क्लबको औचित्य माथी प्रश्न उठ्ने बताउनु भयो । क्लवहरुले आफ्नो योजना बनाइ पालिकामा माग गर्न न आउनु दुखद रहेको बताउनु भयो । आगामी दिनमा किशोरी क्लबहरुले आफनो ठाउँमा कुन योजना चाहिन्छ उक्त योजना निर्माण गरि पालिकामा आउन आग्रह समेत गर्नु भयो ।

सम्बन्धित समाचार

Facebook Comments