• २ कार्तिक २०८३, आइतवार
  • १८ °C काठमाडौं
सामाजिक बिकृति न्यूनिकरण गर्न बढैयातालमा तीजगीत प्रतिस्पर्धा

दलबहादुर सुनार, २ भदौ, बढैयाताल (बर्दिया) । सामाजिक विकृति र विसंगति न्यूनीकरण गर्ने उद्देश्यले बर्दियाको बढैयाताल गाउँपालिकामा तीजगीत प्रतियोगिताको गरिएको छ । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा प्रत्येक वर्षझैँ यस वर्ष गाउँपालिकाले मौलिकतामा आधारित तीजगीत प्रतियोगिता सञ्चालन गरेको हो । 

भाद्र १० गते आउँदै गरेको तीजको अवसरमा आयोजित प्रतियोगितामा बालविवाह, महिला हिंसा, सामाजिक सञ्जालको दुरुपयोग तथा लागुऔषध दुव्र्यसन न्यूनीकरणजस्ता सन्देशमूलक विषयवस्तुमा आधारित गीत प्रस्तुत गरिएका थिए । प्रतियोगितामा स्थानीय ६ वटा महिला समूहले सामूहिक तथा ३ जनाले एकलतर्फ सहभागिता जनाएका थिए । लुम्बिनी प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले दीप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रम गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

मूल्यांकन समितिकी संयोजक बबिता पौडेलका अनुसार सामूहिकतर्फ मेलमिलाप आमा समूह बढैयाताल–३ प्रथम, पतञ्जली समूह बढैयाताल–६ द्वितीय, जमुनी समूह बढैयाताल–२ तृतीय तथा उपकार आमा समूह बढैयाताल–३ सान्त्वना हुन सफल भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः १२ हजार, ८ हजार, ६ हजार र २ हजार रुपैया नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै, एकलतर्फ प्रथम कुश्मी थारु, द्वितीय स्वस्तिका खड्का र तृतीय राफिका थारु बने । 

उनीहरूले क्रमशः १ हजार ५ सय, १ हजार  र ५ सय रुपैया  नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । महिला सञ्जाल बढैयाताल र जनजागरण महिला संघ बढैयातालको समन्वयमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, कार्यपालिका सदस्य चन्द्रकला बिक, वडा नम्बर २ का अध्यक्ष विक्रम गिरी, वडा नं ६ का अध्यक्ष शुक्रराज सापकोटा, पालिकाकी पूर्व उपाध्यक्ष दिपा गौतम, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारु, स्थानीय सुरक्षा निकायका प्रमुख, वडा सदस्यहरू, विभिन्न शाखा प्रमुख तथा स्थानीय संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

गीतमार्फत समाजमा चेतना फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा महिला सञ्जालकी संयोजक कौशिला सिंह ठकुरीले स्वागत मन्तव्य दिनु भएको थियो भने मिना थापाले कार्यक्रम सञ्चालन गर्नु भएको बढैयाताल महिला शाखा प्रमुख सुजिता चौधरीले जानकारी गराउनु भयो ।

सम्बन्धित समाचार

Facebook Comments