चितुवाको आक्रमणबाट महिलाको मृत्यु भएपछि बर्दिया प्रशासन अगाडी प्रदर्शन
केशव कोईराला, १ भदौ, राजापुर (बर्दिया) । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १२ भैसाहीमा चितुवाको आक्रमणमा परि एक महिलाको मृत्युको घटनापछि स्थानीयले आईतबार जिल्ला प्रशासन कार्यालय बर्दियामा घेराउ गरेका छन् ।
शुक्रबार दिउँसो खेतमा काम गर्ने क्रममा चितुवाले आक्रमण गर्दा ४० वर्षिया जगतरानी थारूको ज्यान गएको थियो । घटनापछि आक्रोशित स्थानीयवासीहरू ठूलो संख्यामा भेला भई जिल्ला प्रशासन कार्यालय बर्दियाको गेट अगाडि नाराबाजी गर्दै सडक जाम समेत गरेका छन् ।
आफूहरूको सुरक्षाको माग गर्दै स्थानीयले निकुञ्ज तथा सम्बन्धित निकायले जनताको ज्यानमाल सुरक्षित गर्न तत्काल ठोस कदम चाल्नुपर्ने चेतावनी दिएका छन् । साथै, मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा पीडितलाई न्याय दिनुपर्ने र चितुवा नियन्त्रण गर्नुपर्ने उनीहरुको माग छ ।
२९ °C काठमाडौं
Facebook Comments