अपांगता भएका व्यक्तिलाई कार जस्तै बन्यो तीनपांग्रे साइकल
दलबहादुर सुनार, २७ साउन, बढैयाताल (बर्दिया) । गुलरिया नगरपालिका वडा नम्बर १० की शारीरिक अपांगता भएकी छात्रा सरस्वती थारुले तीनपांग्रे साइकल पाउँदा कारजस्तै लागेको अनुभुती सुनाईन् । करिब २ किलोमिटरको कठिन यात्रा पारगर्दै विद्यालय जानुपर्ने दैनिकी अब सहज हुने भएको छ ।
सरस्वती बंगलामुखी माविमा कक्षा ९ मा अध्ययनरत छिन् । हिँडडुल गर्न कठिन भएपछि खुट्टाको छाला घोटिएर घाउसमेत भएको छ । उनले भनिन्, पढ्ने चाहना छ तर संरचना अपांगमैत्री छैन, समाजको दृष्टिकोण झन् दुःखदायी छ । विद्यालय जानु मात्र होइन, घर वरिपरिको सामान्य हिँडडुलसमेत उनको लागि पीडादायी थियो । खुट्टाको घुँडाका छाला घोटिएर घाउ हुनेसम्मका अनुभव बाँड्दै उनले थपिन्, पढ्ने चाहना त छ तर सार्वजनिक संरचना अपांगमैत्री नहुँदा कष्ट बेहोर्नु पर्छ ।
सरस्वती मात्र होइन, बर्दियाको राजापुर नगरपालिका–८ निवासी विशेष थारुका लागि पनि तीनपांग्रे साइकल जीवन परिवर्तन गर्ने साधन बनेको छ । उनी हिँडडुल गर्न, शौचालय जान वा घरको वरिपरि जान सधैं अरुको भर पर्नुपर्ने अवस्था थियो । अब त कम्तीमा सहजरूपमा आफूखुसी चल्न पाउने भएका छन् । थारूको कम्मर देखि शरीरको कुनै अंग चल्दैन । उनी कसैसंग बोल्न पनि सक्दैन । अरूले बोलेको कुरा हेरी मात्र रहन्छन् । उनलाइ भित्र वाहिर समेत गर्नको लागि अरूको साहारा चाहिन्छ । घरवाहेक छिमेकीको घर सम्म जान पनि उनको लागि टाढैको कुरा भएको उनका संरक्षक दाइले बताए ।
साधनले विशेषलाई मात्र नभइ परिवारलाइए पनि सहज भएको दाईले बताए । एक ठाउँवाट अर्र्को ठाउँमा जान अव बोक्न नपर्ने भएकोमा धेरै सजिलो हुने उनले बताए । लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय, नेपालगञ्जको आर्थिक सहयोगमा बर्दियाको बढैयातालमा आयोजित कार्यक्रममा ह्वीलचियर, तीनपांग्रे साइकल, वाकर, बैसाखी, ल्यापटप र सेतो छडी वितरण गरिएको थियो । कार्यक्रममा सहभागी अधिकांश शारीरिक अपांगता भएका व्यक्तिहरूले यी सामग्रीलाई नयाँ जीवनको साहारा भएको बताएका छन् ।
आज हामीलाई असक्षम हुनुको अनुभूति होइन, सक्षम बन्ने अवसर मिलेको दिन हो उनीहरूले उत्साहित हुँदै प्रतिक्रिया दिए । तर खुशीसँगै उनीहरूले केही चिन्ताहरू पनि व्यक्त गरे । सडकको अवस्था खराब हुँदा यी सामग्री चाँडै बिग्रन्छन्, मर्मत गराउने ठाउँ र पार्टपुर्जा पाउने सुविधा नहुँदा समस्या भोग्नुपर्छ एक सहभागीले बताए । बर्दिया जिल्लामा २०७८ सालको जनगणना अनुसार १४ हजार ८१७ जना अपांगता भएका व्यक्ति रहेका छन । तीमध्ये करिब ४०/५० प्रतिशत जसो शारीरिक अपांगता भएका छन् । उनीहरुलाई दैनिक जीवनयापन सहज बनाउन सहायक सामग्रीहरूको आवश्यकता हुन्छ ।
बर्दिया अपांग पुनस्र्थापना केन्द्रका अध्यक्ष नेत्रप्रसाद सापकोटाका अनुसार, यस्ता सामग्री अपांगता भएका व्यक्तिहरूको आत्मनिर्भर जीवनतर्फको यात्रा सुरु गराउने महत्वपूर्ण साधन हुन् । तर उपकरण उपलब्ध गराउनु मात्र पर्याप्त छैन, त्यसको नियमित मर्मत, सुधार र वातावरण निर्माण पनि अत्यावश्यक छ । उनले भने, अपांगता भएका व्यक्तिहरूको जीवनमा थोरै सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण बनेको छ । सरस्वती र विशेष थारुजस्ता थुप्रै व्यक्तिहरूको भोगाइको अनुभव त झन कति छ कति ।
चुरेकुञ्ज साप्ताहिक पत्रिकाद्वारा सञ्चालित चुरेकुञ्ज डटकममा प्रकाशित समाचारहरु साभार नगरी केही अनलाईन पोर्टल तथा पत्रिकाहरुमा प्रकाशित भएको पाईएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ । कुनै पनि मिडियामा प्रकाशित समाचार सामाग्रीहरु अनुमति वा साभार नगरी प्रकाशन गर्नु डण्डनीय छ । यसमा प्रकाशित समाचार सर्वाधिकार चुरेकुञ्जको रहने भएकाले त्यसो नगर्न सम्पूर्णमा जानकारी गराउँदै साभार नगरी समाचार कपी गरेको पाईए कानूनी प्रकृयामा जाने ब्यहोरा अवगत गराउँदछौं । -सम्पादक
२९ °C काठमाडौं
Facebook Comments