• ९ वैशाख २०८३, बुधवार
  • २७ °C काठमाडौं
नासाको स्पेस एप च्यालेन्ज बिजेता अरुण लोहारलाई विज्ञान तथा प्रविधिको युवा प्रतिभा पुरस्कार

केशव कोईराला, २७ साउन, बर्दिया । कैलालीको टिकापुर नगरपालिका वडा नम्बर १ निवासी अरुण लोहारलाई सुदूरपश्चिम प्रदेश सरकारले विज्ञान तथा प्रविधि युवा प्रतिभा पुरस्कार-२०८२ ले सम्मान गरेको छ । नासाको स्पेस एप च्यालेन्ज मा नेभिगेटरका रूपमा चयन भएका लोहारलाई सुदूरपश्चिम प्रदेश युवा परिषद् मार्फत पुरस्कार प्रदान गरिएको हो । 

प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले लोहारलाई खादा, प्रमाणपत्रसहित सम्मान गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री शाहले लोहारको उपलब्धि सम्पूर्ण सुदूरपश्चिमको गर्वको विषय भएको उल्लेख गर्दै विज्ञान तथा प्रविधिमा युवा पुस्ताको सक्रियता र योगदानका लागि सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार

Facebook Comments