बाँसगढीमा स्थायी ब्यवस्थापनको मागगर्दै राहत शिक्षकहरुको बिरोधसभा
विन्दु चौधरी, २५ साउन, बाँसगढी (बर्दिया) । नेपाल राहत शिक्षक समिती बाँसगढी नगर समितीले राहत शिक्षकको स्थायी व्यवस्थापनको मागगर्दै विरोध सभा गरेको छ । बिगतमा भएको सम्झौता अनुसार स्थायी व्यवस्थापनको तयारी नगर शिक्षा समितीले नगरेको भन्दै आन्दोलनको तयारी स्वरुप विरोध सभा गरिएको हो ।
समितीले जनाए अनुसार प्रस्तावित विद्यालय शिक्षा विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको छ र प्रतिवेदन तयार हुँदैछ । तर, उक्त मस्यौदामा राहत शिक्षकलाई विदा गर्ने खालका व्यवस्था राखिएको र २७ जना सांसदले पनि राहत शिक्षकको पद खारेज गर्नुपर्ने जस्ता धारणा राखेको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । बाँसगढी नगर संयोजक खगेन्द्र चन्दका अनुसार नगरपालिकामा प्रावि, निमावि र मावि गरेर १२४ जना राहत शिक्षक कार्यरत छन् ।
विरोध सभामा बोल्दै नगर प्रमुख खडक बहादुर खड्काले राहत शिक्षकको माग जायज रहेको बताउनुभयो । उहाँले उक्त मागलाई जस्ताको त्यस्तै संघीय सरकारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै २०५७ सालदेखि अहिलेसम्म दरबन्दी र परीक्षामार्फत स्थायी नियुक्ति हुने व्यवस्था रहेकाले अहिलेको कानुनको मस्यौदामा आवश्यक संशोधनका लागि आफूहरू ऐक्यबद्ध रहेको स्पष्ट पार्नुभयोे ।
२८ °C काठमाडौं
Facebook Comments