• ९ वैशाख २०८३, बुधवार
  • २८ °C काठमाडौं
मल नपाएपछि किसानहरुले जिल्ला प्रशासन कार्यालय बर्दियाको गेट अगाडी गरे नारावाजी

केशव कोईराला, २५ साउन, बर्दिया । मलखाद्य अभावको समस्याले ग्रस्त बर्दियाका कृषकहरूले आइतबार जिल्ला प्रशासन कार्यालय बर्दियामा घेराउगर्दै तीव्र प्रदर्शन गरेका छन् । धान खेतीको महत्वपूर्ण समयमै आवश्यक मल नपाएर बाली उत्पादनमा ठूलो संकट आउने अवस्था देखिएपछि कृषकहरूले सरकार र सम्बन्धित निकायको मौनताप्रति आक्रोश व्यक्त गरेका छन् । 

प्रदर्शनमा सहभागी कृषकहरूले कृषिमन्त्रीको तत्काल राजीनामा मागगर्दै नाराबाजी गरेका थिए । कृषकहरूले “मल दे, खेती बचाऊ”, “कृषिमन्त्री राजीनामा दे” जस्ता नारासहित र्याली निकालेर प्रशासन कार्यालय परिसर घेराउ गरेका थिए । 

उनीहरूले मलखाद्यको तत्काल आपूर्ति र दीर्घकालीन समाधानको माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् । माग पूरा नभए अझ कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने किसानहरुको चेतावनी छ । स्थानीय तहदेखि संघीय सरकारसम्मको उदासीनताका कारण कृषकहरूको जीविकोपार्जन संकटमा परेको उनीहरूको भनाई छ ।

सम्बन्धित समाचार

Facebook Comments