भारतको उत्तराखण्ड बाढीमा वेपत्ता भएकाहरु अझै भेटिएनन्
विष्णु अधिकारी, २३ साउन, बर्दिया । मधुवन नगरपालिका वडा नं. ६ बुद्धनगर अहिले शोकमा डुबेको छ । विगत ४ बर्ष देखि रोजगारीका सिलसिलामा भारतको पौडी जिल्लाको गढवालमा ज्याला मजदुरी गर्ने एकै परिवारको ३ जनासहित ५ जना बाढीबाट आएको पहिरोमा परि बेपत्ता भएका छन् ।
गत बुधवार विहान ९ बजेको समयमा आएको पहिरोमा परि मधुवन नगरपालिका वडा नं. ६ निवासी बर्ष ३९ का नरेन्द्र खड्का, उनको श्रीमती बर्ष ३२ कि सरस्वती खड्का र २ बर्षको दुधे बालक रोमन खड्का बाढीमा परि बेपत्ता भएपछि पुरा गाउँ नै शोकमा छ । नरेन्द खड्काका बुवा चुडामणी खड्का छोराको खोजी कार्यका लागि घटना स्थलमा पुगेका छन् ।
उनले खोजी कार्यका लागि तदारुकताका साथ सुरक्षाकर्मीहरु लागेर खोजी कार्य जारी रहेको बताएका छन् । नरेन्द्रले अपुरो रहेको घरको छत हाल्नका लागि रकम अभाव भएपछि कामको खोजीमा भारतको उत्तराखण्ड राज्यमा पर्ने गढवालमा गएको परिवारका सदस्यहरुले बताए । उनीहरु गत असार ६ गते मधुवन नगरपालिका वडा नं ६ स्थित घरबाट भारतको उत्तराखण्डमा पर्ने गढवालको बाकुडा पुगेका थिए ।
यसैगरि मधुवन नगरपालिका वडा नंं. ५ गाउँ नं. ८ कि अमृता परियार, गुलरिया नगरपालिका वडा नं. २ संगमबस्तीका शुभाष वि.क. पहिरोमा परि बेपत्ता भएका हुन । बर्दिया जिल्लाका करिब ७३ जना श्रमिक त्यस स्थानमा ज्याला मजदुरी काम गरी रहेका थिए । अन्य मानिसहरु सम्पर्कमा आएता पनि ५ जना सम्पर्क विहिन रहेका छन् ।
२८ °C काठमाडौं
Facebook Comments