• ९ वैशाख २०८३, बुधवार
  • २७ °C काठमाडौं
जन्मदिनको अवसरमा मधुवन नगरप्रमुख भाटद्वारा आफू पढेको विद्यालयमा १ लाखको अक्षयकोष

हरी गुरुङ, १७ साउन, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालीकाका नगरप्रमुख तेज बहादुर भाटले आफ्नो जन्मदिनको उपलक्ष्यमा मधुवनका दुई विद्यालयमा अक्षय कोष स्थापना गर्नु भएको छ । नगरप्रमुख भाटले आफूले अध्ययन गरेका दुई वटा विद्यालयहरुमा ५०/५० हजार गरी १ लाख रुपैया अक्षयकोष स्थापना गर्नु भएको छ । 

उहाँले बाल्यकालमा कक्षा ४ सम्म  अध्ययन गरेका आनन्द आधारभूत विद्यालय मधुवन नगरपालिका वडा नं ५ राटामाटे र कक्षा ७ सम्म अध्ययन गरेको गुराँस माध्यमिक विद्यालयमा ब्यक्तिगत रकमबाट अक्षय कोष स्थापना गर्नुभएको छ । अक्षय कोषबाट आएको ब्याजबाट गरीब, अतिविपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गर्ने नगरप्रमुख भाटले चुरेकुञ्जलाई जानकारी दिनु भयो । 

जन्मोत्सवकै अवसरमा नगरप्रमुख भाटले असहाय अभिभावकविहीन बालबालिकासङ्ग आफ्नो ५४ औं जन्मोत्सव मनाउनु भएको छ । विगत ३ वर्षदेखि मधुवन नगरपालिका वडा नं १ स्थित सूर्यपटुवाको पत्थरबोझीमा अवस्थित सरस्वती आधारभूत विद्यालयमा आवासीय रहेका ४२ जना असहाय अभिभावक विहीन बालवालिकाहरुलाई खाना समेत खुवाएर जन्मदिन मनाउनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments