• ९ वैशाख २०८३, बुधवार
  • २७ °C काठमाडौं
बर्दियामा ३१ जना अपाङ्गता भएकाहरुलाई सहयोग सामाग्री हस्तान्तरण

मुरली गोडिया, १७ साउन, बर्दिया । बर्दियामा ३१ जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्रि जन्मजय तिमिल्सिनाले एक कार्यक्रमका बीच उक्त सामाग्री हस्तान्तरण गर्नु भएको छ । 

सामाजिक विकास मन्त्रालयको पहल, अपाङ्ग शसक्तिकरण एवं संचार केन्द्र कोहलपुरको अयोजना, सामाजिक विकास डिभिजन कार्यलय बाँकेको सहयोग तथा बर्दिया अपाङ्ग पुर्नस्थापना केन्द्रको समन्वयमा बर्दियाका ३१ जना अपाङ्गता भएका बालबालिका सहितलाई समाग्रीहरु हस्तान्तरण गरिएको छ । बाँके र बर्दियाका गरि करिब ८१ जना अपाङ्गता भएकोलाई १० लाख रकम बराबरको समाग्री प्रदान गर्ने कार्यक्रम रहेकोमा बर्दियाबाट कार्यक्रम सुरुवात भएको हो । विद्यालयमा अध्ययन गरि रहेका बालबालिकाको उज्वल शिक्षा र अन्य आपाङ्गता भएका व्यक्तिहरुको दिनचर्या सहज हुने उद्देश्यले सरकारले सामाग्री प्रदान गरेको मन्त्रि तिमिल्सिनाले प्रष्ट पार्नुभयो । 

सरकारले प्रदान गरेका समाग्रीको सुरक्षाको जिम्मा घरपरिवारको भएको भन्दै पाएको सामाग्रीको सुरक्षा गर्न आग्रह गर्नु भयो । आर्थिक वर्ष ०८१÷०८२ का बजेटबाट प्रदान गरिएको समाग्रीबाट थुप्रै व्यक्तिहरु छुटेको भन्दै चालु आर्थिक वर्षमा आवश्यक व्यक्तीहरुका लागी सहयोगलाई समन्वय गर्ने मन्त्रि तिमिल्सिनाले प्रतिबद्धता व्यक्त गर्नुभयो । दृष्टि संग सम्बन्धित समस्या भएको ३ जना विद्यार्थी बालबालिकाको अध्ययनमा सहजताका लागी ल्यापटप समेत प्रदान गरिएको बर्दिया अपाङ्ग पुर्नस्थापना केन्द्रका अध्यक्ष नेत्रप्रसाद सापकोटाले जानकारी दिनु भयो । प्रदान गरिएको सामाग्रीहरुमा ट्राइ साइकल, वाकर, बैशाखी लगायत समाग्रीहरु रहेका छन ।

सम्बन्धित समाचार

Facebook Comments