राजापुर नगरभरी विद्युतीय हाजीरी प्रणाली जडान गरिँदै
पुरुषोत्तम खनाल, बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा आईतबारदेखि विद्युतीय हाजिरी प्रणाली जडान कार्य शुरु गरिएको छ । नगरपालिका भित्र रहेका १० वटै वडा कार्यालयहरु, सामुदायिक विद्यालयहरु र स्वास्थ्य संस्थाहरुमा प्रणाली जडान गर्ने लक्ष्य अनुरुप काम सुरु गरिएको हो ।
नगरपालिकाले नगरभरका ३६ सामुदायिक विद्यालय, १० वडा कार्यालय र बाँकी स्वास्थ्य संस्थाहरुमा गरी ५८ वटा विद्युतीय हाजिरी प्रणाली खरिद गरि जडान गर्न थालेको छ । पछिल्लो समय सरकारी कार्यालयहरुमा कर्मचारीले ढिलासुस्ती गर्दा कार्यालयमा आउने सेवाग्राहीलाई सास्ती हुने गुनासो रहेकाले सहज रुपले सेवा प्रवाह गर्न सकियोस् भन्ने मुख्य उद्देश्यले नगरपालिकाभरी विद्युतीय हाजिरी प्रणाली जडान गर्न लागिएको सामानिक विकास समितिका संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष रमेश दहितले वताउनु भयो ।
उहाँले तोकिएको सबै ठाउँमा मेसिन लगाउने निर्णय भएको जनाउदै सूचना अधिकृत खुशीराम थारुले आज पहिलो दिन बर्दिया जिल्ला कै पुरानो र अग्रणी शिक्षण संस्था अमर शहीद श्रीदशरथ चन्द मावि राजापुरमा र प्राथमिक स्वास्थ्य केन्द्र राजापुर गरी २ वटा मेसिन जडान भएको वताउनु भयो । विद्युतीय हाजिरीको तथ्याङ्क सिधै संघीय सुचना तथा प्रविधि मन्त्रालयको वेभमा दर्ता हुने भएकाले पछि आवश्यक पर्दा निकाल्न सकिने व्यवस्थित रहेको सूचना प्रविधि अधिकृत चौधरीको भनाई छ । नगरपालिकाले आफ्नै लगानीमा टेन्डर आह्वान गरी करिब १२ लाख ३६ हजार रुपैयामा हाजिरी मेसिन ल्याएको योजना शाखाका प्रमुख राजकुमार पौडेलले जानकारी दिनुभयो ।
२१ °C काठमाडौं
Facebook Comments