मानव बेचबिखन बिरुद्ध किशोरीलाई अभिमुखीकरण
मुरली गोडिया, १५ साउन, गुलरिया (बर्दिया) । माइती नेपाल बर्दियाले गुलरियाका किशोरीहरुलाई मानव बेचबिखन ओसारपसार बिरुद्ध जोखिम न्युनिकरणका गर्ने उद्धेश्यले अभिमुखिकरण गराएको छ । माइती नेपालको आयोजना र फ्रिअगर्लको सहयोगमा मानब बेचबिखन बिरुद्ध जोखिम न्युनिकरणका लागी नगरका किशोरीहरुलाई अभिमुखीकरण गराइएको हो ।
समुदायमा घट्न सक्ने मानब बेचबिखन तथा ओसारपसार, यौन शोषण, श्रम शोषण लगायतका हिंसामा महिला, बालबालिका किशोरीहरु नपरुन भन्ने उद्धेश्यले कार्यक्रम गरिएको माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले जानकारी दिनुभयो । किशोरीहरुले कुनैपनि सुचना प्राप्त गर्ने वित्तिकै समुदायमा सचेतना फैलाउन सहज हुने साथै गाउँ घर र समुदाय स्तरमा छिटै सन्देश पुग्ने भएको हुँदा किशोरीहरुलाई लक्षित गरि अभिमुखिकरण गरिएको रिमालको भनाई छ ।
बर्दिया जिल्लामा मानब बेचबिखनको बर्तमान अबस्था, बेचबिखनमा पर्नुका मुख्य कारणहरु, दलालले अपनाउने तौरतरिका, संम्भावित स्थानहरु, प्रयोजन, जोखिम न्युनिकरण गर्ने उपाय सहित कानुनि ब्यबस्थाका बारेमा समेत सहजीकरण गरिएको रिमालले प्रष्ट्याउनु भयो । गुलरिया नगरपालिका वडा नम्बर ३ की किशोरी मोनिका कुछबधियाले माइती नेपालले मार्फत सिकेका विषयबस्तु बारे गाउँमा गइ अन्य साथीभाई छरछिमेक समेतलाई बताउने र सचेतना फैलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफु सचेत रहनुको साथै समाजमा समेत सचेत गराउँछु ।
गुलरीया नगरपालिका वडा नं १ की किशोरी निलम बिकले मानव बेचविखन तथा ओसारपसारको जोखिम न्युनिकरण सहित सचेतनाका कार्यक्रममाहरु बिधालय देखि समुदाय स्तर सम्म संचालन गर्नुपर्ने सुझाव दिनुभयो । अर्की किशोरी गुलरीया ७ की सायना खत्री नगालले गाउँ समाजमा घटेका घट्नाहरुको बारेमा तुरुन्त सम्बन्धित निकाय र माइती नेपाललाई खबर गर्ने प्रतिवद्धता जनाउनु भयो । अभिमुखिकरणमा गुलरीया नगरपालिकाका १२ वटै वडाबाट किशोरीहरु सहभागी थिए । उक्त अभिमुखिकरण कार्यक्रममा गुलरिया नगरपालिकाकी उप–प्रमुख साबित्रा गौतम, वडा नम्बर ६ का वडा अध्यक्ष सुधांशु प्रकाश शर्मा, महिला तथा बालबालिका शाखाकी गिता बाकाबलको उपस्थिती थियो ।
२७ °C काठमाडौं
Facebook Comments