• ९ वैशाख २०८३, बुधवार
  • २६ °C काठमाडौं
राजापुर क्षेत्रमा रासायनिक मलको चरम अभाव

केशव कोईराला, १४ साउन, राजापुर (बर्दिया) । बर्दियाको राजापुर क्षेत्रमा रासायनिक मलको चरम अभाव देखिएको छ । धान रोपाइँको मुख्य सिजनमा मल नपाउँदा यहाँका किसानहरू अत्यन्त चिन्तित र निराश भएका छन् । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् । 

स्थानीय कृषक दिपक कुर्मिका अनुसार, “धान खेतमा जमीसकेको छ तर मल नपाउँदा बाली सुक्न थालिसक्यो । कृषि कार्यालय र सहकारीमा धाउँदा पनि मल छैन भन्ने जवाफ मात्र पाइन्छ ।” राजापुर नगरपालिका भित्र रहेका कृषि सहकारीहरूमा युरिया, डीएपी, र पोटास मलको अत्यन्तै अभाव रहेको देखिन्छ । कतिपय किसानहरू कालोबजारीका बीच महँगो मुल्यमा निजी स्रोतबाट मल खरिद गर्न बाध्य छन् । राजापुर नगरपालिकाका कृषि शाखाका अनुसार मल आपूर्ति केन्द्रबाट माग गरिए पनि ढुवानीमा ढिलाइ भइरहेको छ । 

रमेश ओलीले “मलको माग अनुसार आपूर्ति हुन नसक्दा समस्या देखिएको बताउनुभयो ।  मल अभावकै कारण यस वर्षको धान उत्पादनमा प्रतिकूल असर पर्ने किसानहरूको चिन्ता छ । समयमा मल उपलब्ध नभए उत्पादकत्व घट्ने र वर्षभरिको खाद्य सुरक्षामै असर पर्ने स्थानीय कृषि विशेषज्ञहरू बताउँछन् । कृषकहरू सरकारले तत्काल आपूर्ति प्रणालीलाई चुस्त बनाइ मलको सहज आपूर्ति सुनिश्चित गर्न आग्रह गरिरहेका छन् । मलको चरम अभाव समाधान गर्न प्रदेश र संघीय सरकारको ध्यानाकर्षण समेत गराईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments