सुधारिएको चुलो प्रयोगले स्वास्थ्यमा सकारात्मक सुधार
मुरली गोडिया, ८ साउन, गुलरिया (बर्दिया) । शहरी क्षेत्रमा खाना पकाउन विभिन्न प्रकारका आधुनिक डिजाइनका चुलो, ग्यास, इन्डक्सन चुलो लगायतका नविनतम सामाग्री प्रयोग गरिन्छ । बजारमा त माटोको चुलो हेर्न समेत पाइदैन । अझ भन्नु पर्दा माटोको चुलोको वनावट बारे समेत कतिपय व्यक्ती अनविज्ञ हुन सक्छन ।
बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १, २ र ३ यसैगरी गुलरिया नगरपालिका वडा नम्बर ४ र ५ का अधिकांश थारु समुदायका महिलाहरुले चुलोबाट खाना पकाउने गरेका छन् । अझ भन्नुपर्दा उनिहरु विशेष तालिम लिएर सुधारिएको चुलो निर्माण गरेका छन । मधुवन नगरपालिका वडा नम्बर २ स्थीत मुक्तकमैया सुकुम्बासी गाँउको सोनाहा बस्ती निवासी करिव ५० बर्षिया राजकुमारी थारुले आफुले वर्षौदेखी धुँवाको रापमा धेरै दाउरा प्रयोगगर्दै खाना पकाउँदै आएको अनुभव सुनाइन् । पुराना जमानामा काठ दाउराले पकाएको खाना स्वस्थ हुने बताउँदै उनले धुवाँको असर समेत बताइन् ।
वर्षौ सम्म माटोको चुलोमा पकाएको दुःख र अहिले खाना पकाउदा पाएको सहजता दुवैको अनुभव राजकुमारीलाई छ । जब गाँउमा थारु महिला उत्थान केन्द्रले सुधारिएको चुलो निर्माण गर्ने तालिम चलायो तब तालिममा राजकुमारीले पनि सक्रिय सहभागीता जनाइन् । विगतमा गरेको दुःख उनले सम्झिन । “तालिम बाट सुधारिएको चुलो बनाउनका लागी सर्वप्रथम माटो बोकेर ल्याएँ, चिम्नी तयार गरें । उनले भनिन् सरहरुले दिएको नापमा त्यसमा इटटा हाले, पाइप हालें” । उनले थारु भाषमा सुनाउँदै अगाडी थपिन्, “धुवाँ निस्कने स्थान बनाएँ फलामको जाली हाल्यौं । त्यसपश्चात सर्व तवरले पुर्ण रुपमा सुधारिएको माटोको चुलो निर्माण गरें आज भोली सोही चुलोमा खाना पकाउने गरेकी छु । ”
सुधारिएको चुलोको निक्कै फाइदा भएको उनको अनुभव छ । आँखामा धुवाँ नलाग्ने धुवाँको निकास बाहिर हुने गरेको, दाउराका मात्रा एकदम न्यु्न लाग्ने, बराबर खाना पाक्ने गरेको बताईन । धुवाँ धुलो बाट लाग्ने रोगहरुबाट समेत सुधारिएको चुलो सुरक्षित रहेको बताइन । बालबालिका, जेष्ठ नागरिकलाई घरमा धुवाँको प्रभावबाट मुक्त गर्न सहज हुने गरेको राजकुमारीले बताइन । सुधारिएको चुलोले गाँउका महिलाहरुलाई सहजता त कामय गरेकै छ । स्वास्थ्य रुपमा समेत फाइदाजनक रहेको बताइन । उक्त क्षेत्रमा विशेष गरि गरिबी, शिक्षाको अभाव, विपद्मा हुने समस्याबाट जोगिने उपाय लगायतका समस्याहरु रहेका छन ।
सुधारिएको चुलोको प्रभाव बारे अन्य महिलाको अनुभव समेत यस्तै रहेको छ । यस्तै मधुवन नगरपालिका वडा नम्बर ३ की देवि चौधरीले समेत सुधारिएको चुलो निर्माणले घरमा खाना पकाउने मानिस सहित अन्य सदस्यलाई समेत फाइदा पुगेको बताउँछिन । दाउरा अभाव भएको वा सिमावर्ति क्षेत्रका महिलालाई यो चुलोले विशेष फाइदा पुग्ने बताईन् । कम दाउरामै खाना पकाउन सकिने हुँदा दाउराको भरमा खाना पकाउने घरपरिवारका महिलालाई यो सुधारिएको चुलो बनाउने तालिमको आवश्यकता रहेको औल्याइन । उनि भन्छिन “पहिले पहिले गाँउका महिलाहरु धुवाँमा बाध्यताले खाना पकाउनु परेको थियो, तर जब सुधारिएको चुलोको तालिम लिएर घर घरमा सुधारिएको चुलो निर्माण गरि खाना पकाउन थालेकोले सवै महिलाहरुलाई सहज भएको छ । ”
मधुवन नगरपालिका र गुलरिया नगरपालिकाका गरि २० वटा महिला समुह गठन गरि उनिहरुको दैनिकी र हक अधिकारका लागी समेत पैरवि गरिदै आएको थारु महिला उत्थान केन्द्रका सामािजक परिचालक चल्टुराम थारुले जानकारी दिए । गाँउ गाँउमा महिला समुह गठन गरि सामुहिक रुपमा कार्य गराउने, कुनैपनि विषयबस्तुमा छलफल गराउने गरेको उनले बताए । सुधारिएको चुलो कार्यक्रम २०२३ मार्च १६ देखी सुरु भएको अभियान सन २०२५ जुन २५ मा सकिने छ । सुधारिएको चुलो निर्माणका लागी आवद्ध सम्पुर्ण परिवारलाई बृक्षारोपणका लागी बोट वितरण गरिएको छ । आवश्यक दाउराका लागी जंगल जान नपरो भनि बोटविरुवा वितरण गरिएको हो ।
दिगो कृषी अभ्यासका लागी सिचाइका निम्ती सौर्य उर्जाको लागी व्यस्थापन गरिएको बताउनु भयो । १ हजार ४ सय १२ जना परिवार प्रत्यक्ष रुपमा लभान्वित भएका छन । आदीबासी जनजाती महिलाहरुलाई खर्चमा बचत र स्थानिय स्रोतसाधनको पहिचान गर्दै आम्दानीको स्रोत बनाई आर्थिक रुपमा समृद्ध गराउने यसको प्रमुख उद्धेश्य रहेको थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक पिज्मासिंह थारुले जानकारी दिइन् । यहि अभियान बाट मधुवन नगरपालिका ३ की सुनिता थारु अहिले बरघर समेत बनेको उनले बताईन । विभिन्न सामाजिक समस्याको समाधानको पहलका लागी महिलाहरु जागरुक हुँदै गएको थारुले बताइन् ।
सुधारिएको चुलो निर्माण संगै सिमान्तकृत आदीबास जनजाती बस्तीका ६४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, १८ समु्हका ४ सय ६८ जनालाई तरकारी खेती, ११ वटा समुहमा प्रत्येक ११ जनालाई २÷२ वटा बाख्रो वितरण, १२ जनालाई मोटरपाइप सहयोग, १ जनालाई बेसार अदुवाको विउ, आपतकालिन कोष मार्फत बाघ आक्रमण, आगलागी र सडक दुर्घटनामा परेका ४ जनालाई आर्थिक सहयोग गरिएको थारु महिला उत्थान केन्द्र बर्दियाले जनाएको छ ।
२६ °C काठमाडौं
Facebook Comments