साउनको पहिलो सोमबार राजापुरको महाकालेश्वर शिव मन्दिरमा भक्तजनको घुँईचो
केशव कोईराला, ५ साउन, राजापुर (बर्दिया) । साउन महिनाको पहिलो सोमबार देशभरका शिवालयहरूमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । बर्दियाको राजापुरस्थित महाकालेश्वर शिव मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ ।
साउन महिनालाई भगवान शिवको आराधनाको विशेष समयका रूपमा लिइन्छ । सोमबारको दिन झन पवित्र मानिने भएकाले सोमवार बिहानै देखि भक्तजनहरू जल, बेलपत्र, धतूरो, दूध र फलफूलसहित शिवलिंगमा अर्पण गर्न लामबद्ध देखिएका थिए । भक्तजनहरुले बोल बम भन्दै कर्णाली नदीबाट जल ल्याएर शिव मन्दिरमा अर्पण गर्नुका साथै व्रत बसेर, हरियो वस्त्र धारण गरी, ॐ नमः शिवायको जप गर्दै महाकालेश्वर मन्दिरमा पुजा अर्चना गरिरहेका छन् ।
महाकालेश्वर शिव मन्दिरमा हरेक वर्ष साउनको सोमबार ठूलो भीड लाग्ने गर्दछ । यो दिन भगवान शिवको विशेष कृपा प्राप्त हुन्छ भन्ने विश्वासमा वर्षैपिच्छे पूजा गर्न आउँने महाकालेश्वर मन्दिर व्यवस्थापन समितिका भुवन ढकालले बताउनुभयो । साउनको सोमबारहरूमा शिवभक्तहरूले व्रत बस्ने, शिवपुराण वाचन गर्ने र रातभर जागरणसमेत गर्ने चलन रहेको छ । साउनको पहिलो सोमवार देशका अन्य प्रमुख शिवालयहरू पशुपतिनाथ, हलेसी, ढुंगेश्वर, देवघाट, बर्दियाका केदारेश्वर धाम, गौरीशंकर, पिताम्बरेश्वर, मतंगेश्वर महादेव लगायतका स्थानहरूमा हजारौं भक्तजनको भीड लागेको छ ।
२६ °C काठमाडौं
Facebook Comments