• १८ वैशाख २०८३, शुक्रवार
  • २२ °C काठमाडौं
मयुर कप दोश्रो  दिनको खेलमा जयकालिका र जनप्रिय बिजयी 

दल बहादुर सुनार, बढैयाताल । प्रथम यू १८ बढैयाताल बिद्यालय स्तरीय मयुरकप फूटवल प्रतियोगिताको दोस्रो दिनको खेलमा जयकालिका र जनप्रिय माध्यमिक विद्यालय बिजयी  बनेका छ्न । बढैयाताल स्थित मयुर युवाको खेलमैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा जयकालिका  माध्यमिक बिद्यालय मुनाल बस्तीले शारदा माध्यमिक बिद्यालय मैनापोखर लाई २–१ गोल अन्तर र दोस्रो खेलमा जनप्रीय माध्यमिक बिद्यालयले भगवती माविलाई ३–० गोल अन्तरले हराउँदै जित निकालेको हो । 

प्रतियोगिताको पहिलो खेलमा बिबेश गुरुङ र दोस्रो खेलमा राजु थारु मुख्य रेफ्रीको रुपमा रहनु भएको  थियो । आईतबार अमर ज्योति माध्यमिक बिद्यालय सितापुर र जगदम्बिका माध्यमिक बिद्यालय शान्तिपुर बिच प्रहिलो खेल तथा दिप ज्योति माध्यमिक बिद्यालय डाँफे र शुभकामना एकेडेमी  कण्ठपुर  बिच दोस्रो खेल हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments