• १२ वैशाख २०८३, शनिवार
  • २१ °C काठमाडौं
गुलरिया नगरपालिकाले गर्यो महत्वपूर्ण ८ निर्णय 

बर्दिया । गुलरिया नगरपालिका कार्यपालिकाको वैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ब्यवस्थापन कार्यविधि ०८० स्विकृतगर्दै महत्वपूर्ण ८ वटा निर्णयहरु गरेको छ । गुलरिया नगरकार्यपालिकाको वैठकले नगरको विकासमा आवस्यक पर्ने विभिन्न निर्णयहरु गरेको गुलरिया नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नम्बर ६ का वडाध्यक्ष शुधांसु प्रकाश शर्माले जानकारी दिनु भएको छ ।


गुलरिया नगरकार्यपालिकाको निर्णयहरु :

निर्णय नं. १ 
गुलरिया नगरपालिकाको “खानेपानी तथा सरसफाई उपभोक्ता संस्था व्यवस्थापन कार्यविधि, २०८० लाई स्विकृत गर्ने निर्णय गरियो ।
निर्णय नं. २ 
बर्दिया जिल्ला गुलरिया नगरपालिकाको क्षेत्राधिकार भित्र बग्ने बबई नदी बगरबाट दिगो तथा वातावरण मैत्री रुपले नदीजन्य पदार्थ (माटो र बालुवा) उत्खनन् तथा संकलन कार्यका लागि गरिएको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन उपर छलफल गरि सो प्रतिवेदन स्विकृत गर्ने निर्णय गरियो । 
निर्णय नं. ३
सर्यू नदि खण्ड दुई (गुलरिया नगरपालिका वडा नं. ८ नेपाल भारत सिमा मुर्तिहा सडक पुल देखि उत्तर पश्चिम हुदै छठीमाता तालको क्षेत्र छाडी लक्ष्मीनारायण मन्दिर पछाडी सम्मको ५ वर्षका लागि ठेक्का बन्दोबस्त गर्नका लागि मिति : २०८०।०८।१३ मा बसेको स्थानीय राजश्व परामर्श समितिको निर्णय एवं अन्य ठेक्का प्रक्रिया अनुमोदन गर्ने निर्णय गरियो
निर्णय नं. ४
बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि आ.व. ०८०।०८१ मा सर्शत अनुदान तर्फ रु.१,००,०००।– दश लाख अनुदान प्राप्त भएकोमा गुलरिया नगरपालिकाबाट पोषण सुधारका लागि सहकारी वा समुहमा आय आर्जन अनुदान क्रियाकलापमा रु. २५,०००।– लागत सहभागीता हुने गरि तपशिल बमोजिमको कार्यक्रम स्विकृत गर्ने निर्णय गरियो ।
तपशिल :
१ पोषण सहजकर्ताको तलब तथा संचार खर्च    शासकीय प्रबन्ध १३ महिना नेपाल सरकार रु. ३,०८,५००    
२ पोषण सुधारका लागि सहकारी वा समूहमा आय आर्जनको लागि अनुदान महिला तथा बालबालीका शाखा २५ नेपाल सरकार/स्थानीय सरकार ६,२५,०००।– न.पा लागत सहभागीता २५,०००।–
३ पोषण विशेष    स्वास्थ्य शाखा    नेपाल सरकार    ९१५००।– जम्मा १०,२५,०००।–    
निर्णय नं. ५
गुलरिया नगरपालिका वडा नं. ४ तुलापुर गाउँमा मिति : २०८० मंसिर ८ गते राती अन्दाजी १०ः२० बजे आगलागी भई सम्पूर्ण घर जली नष्ट भै घरमा रहेका ४ जनाको दुःखद निधन भएकोमा उक्त घरमा मृत्यु भएका व्यक्तिहरुको हकमा जनही रु ५०,०००।– (प्रकोप व्यवस्थापन कोष) दरले उपलब्ध गराउने, घर निर्माण सहयोग स्वरुप रु. ५०,०००।– (प्रकोप व्यवस्थापन कोष) र आगलागीमा घाइते हुन पुगेका घाइतेको उपचार स्वरुप अधिकतम ५०,०००।– (औपधी उपचार खर्च) सिमा भित्र रहि सहयोग उपलब्ध गराउने निर्णय गरियो । 
निर्णय नं. ६
गुलरिया नगरपालिकामा रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोवासीहरुको प्रथम चरणको लगत संकलनको काम सम्पन्न भैसकेकोले उक्त भूमिहिनहरुको जग्गा नापजाँचको कार्य गर्नको लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुलरिया, बर्दियामा अनुरोध गर्ने । गुलरिया नगरपालिकाले प्राविधिक नाप नक्साका लागि १ जना अमिन सहित जग्गा नापजाँच कार्यका लागि आवश्यक बन्दोबस्तको व्यवस्था मिलाउने र आवश्यक परेमा थप आर्थिक तथा प्राविधिक व्यवस्था गर्ने गरि जग्गा नापजाँचको कार्य वडा नं. १ बाट सुरुवात गर्ने सो को जानकारी राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुलरिया बर्दियामा पठाउने निर्णय गरियो । 
निर्णय नं. ७
वडा नं. ८ स्थीत पशु हाटबजारमा खुला रुपमा छाडीएका घोडा तथा खच्चड नियन्त्रण गर्न कान्जी हाउस निर्माण गर्ने निर्णय गरियो ।
निर्णय नं. ८
मासु पसल दर्ता तथा व्यवस्थापन कार्यका लागि मासु निरिक्षण सम्बन्धी प्रक्रिया अगाडी बढाउन श्री ध्रुब मा.वि गुलरिया–४ बर्दिया संग प्राविधिक सहयोगका लागि अनुरोध गर्ने र ईभेन्टका आधारमा उपलब्ध प्राविधिकलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय गरियो ।

सम्बन्धित समाचार

Facebook Comments